फेसबुकले नेपालमा गर्दैछ निर्वाचन सामग्री अनुगमन
आम निर्वाचनलाई विशेष महत्त्व दिँदै फेसबुकको मातृसंस्था मेटाले नेपालमै कर्मचारी खटाएर पहिलो पटक निर्वाचनसम्बन्धी सामग्रीको अनुगमन गर्ने भएको छ। सामाजिक सञ्जाल फेसबुकमा निर्वाचनसम्बन्धी मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति फैलाउने जोसुकैलाई निर्वाचन आयोग र मेटाले कडा अनुगमन गरी कारबाही गर्ने जनाइएको छ।
यसअघि नेपालमा फेसबुकमार्फत गलत सूचना सम्प्रेषण हुने गरेको र नेपालमै फेसबुक, युट्युब, ट्विटरलगायतका सामाजिक सञ्जाल दर्ता हुनुपर्ने कुराले निकै चर्चा पाएको थियो। प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका सन्दर्भमा सामाजिक सञ्जाल फेसबुकको मातृसंस्था मेटा र निर्वाचन आयोगले बिहीबार सञ्चारकर्मीलाई लक्षित गरेर संयुक्त रूपमा आयोजना गरिएको भर्चुअल तालिम ‘सेफ्टी ट्रेनिङ फर जर्नालिस्ट’मा मेटाका प्रतिनिधिले निर्वाचनपछि पनि मेटाले नेपालका सामग्रीलाई अनुगमन गर्ने र फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपलाई अझै व्यवस्थित गर्ने जनाएका छन्।
मेटाका दक्षिण एसिया निर्देशक सरिम अजिजले फेसबुकमा रहेका सामग्रीलाई सत्यतथ्य, सभ्य, द्वेषरहित र पठनीय बनाउन आफूहरू लागिपरेको बताए । उनले भने, “हाम्रो टोलीले नेपालको निर्वाचनलाई नजिकबाट हेरिरहेको छ। मेटाअन्तर्गत सञ्चालित फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपमा सेयर हुने सामग्रीलाई अझै गुणस्तरीय र पठनीय बनाउन हामी यहाँ आएका हौँ।”
उनले पत्रकारले विशेष गरी फेसबुक चलाउँदा ध्यान दिनुपर्ने, असामाजिक र मिथ्या सूचना रोक्न पहल गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशैभर फैलियो मनसुनी वायु : यी क्षेत्रमा भारी वर्षाको सम्भावना
-
आजको पञ्चाङ्ग र राशिफल : कस्तो छ तपाईँको दिन?
-
विदेशी मुद्राको विनिमयदरः कति छ आज डलर र युरो ?
-
नेदरल्यान्ड्सका मुख्य प्रशिक्षक कोएमानले दिए राजीनामा
-
एम्बाप्पे चम्किँदा स्वीडेनमाथि फ्रान्सको सानदार जित
-
गण्डकीमा गौरवका आयोजना निर्माणमा ढिलाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण