पहिला सहयात्री, अहिले प्रतिस्पर्धी
मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिला एउटै दलका सहकर्मीका साथै चुनावी तालमेल गरेर सहयात्री बनेका नेताहरू नै मुख्य प्रतिस्पर्धीका रूपमा खडा भएका छन् ।
अघिल्लो चुनावमा भन्दा अहिले दलीय तालमेल फेरिनु, पार्टीहरू विभाजन हुनु र दल अदलबदलले पहिला सहकर्मी र सहयात्री बनेका नेताहरूबीच नै प्रतिस्पर्धा हुन लागेको हो ।
अघिल्लो निर्वाचनमा मुख्य प्रतिस्पर्धी बनेका दल र नेताहरू अहिले सबैभन्दा नजिकका सहयोगी बन्न पुगेका छन् । पार्टीले दिएका उम्मेदवारप्रति असन्तुष्टि जनाउँदै विद्रोही बनेकालाई छाड्ने हो भने प्रतिनिधिसभाका १६ निर्वाचन क्षेत्रमा पूर्वसहकर्मीसँग एमालेका उम्मेदवारले मुख्य प्रतिस्पर्धा गर्दैछन् ।
एमालेबाट अलग भएर बनेको नेकपा एकीकृत समाजवादी (नेकपा एस) नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चासँग चुनावी तालमेल गर्दै प्रतिस्पर्धामा उत्रिएको छ । २०७४ सालको निर्वाचनमा माओवादी केन्द्रसँग चुनावी तालमेल गरेको एमालेले आगामी चुनावमा सोही पार्टीका उम्मेदवारसँग प्रतिस्पर्धा गर्दैछ ।
कांग्रेससँग गठबन्धन गर्दै प्रतिनिधिसभा सदस्यका लागि ४७ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको माओवादी केन्द्रको धेरै ठाउँमा एमालेसँग प्रतिस्पर्धा हुने देखिन्छ । यो समाचार नागरिक दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशैभर फैलियो मनसुनी वायु : यी क्षेत्रमा भारी वर्षाको सम्भावना
-
आजको पञ्चाङ्ग र राशिफल : कस्तो छ तपाईँको दिन?
-
विदेशी मुद्राको विनिमयदरः कति छ आज डलर र युरो ?
-
नेदरल्यान्ड्सका मुख्य प्रशिक्षक कोएमानले दिए राजीनामा
-
एम्बाप्पे चम्किँदा स्वीडेनमाथि फ्रान्सको सानदार जित
-
गण्डकीमा गौरवका आयोजना निर्माणमा ढिलाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण