राष्ट्रिय तथ्यांक विभागको नाम फेरिएपछि किचलो
स्थापनाको ६४ वर्षपछि नयाँ तथ्यांक ऐनअनुसार गत साता केन्द्रीय तथ्यांक विभागले थापाथलीमा रहेको केन्द्रीय कार्यालयमा रहेको बोर्ड परिवर्तन गर्यो।
तथ्यांक ऐन, २०७९ का अनुसार तथ्यांक संकलन, प्रशोधन, भण्डारण, प्रकाशन तथा वितरणको जिम्मा पाएको यो कार्यालयलाई विधिवत् रूपमा गत बिहीबार 'राष्ट्रिय तथ्यांक कार्यालय' नामकरण गरिएको थियो।
गत भदौ २८ गते जारी राजपत्रमार्फत सार्वजनिक गरिएको तथ्यांकसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको ऐनको परिच्छेद ६ मा भनिएको छ, 'तथ्यांकसम्बन्धी काम गर्ने केन्द्रीय निकायका रूपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयअन्तर्गत रहनेगरी एक राष्ट्रिय तथ्यांक कार्यालय रहनेछ।'
यसै सातादेखि कार्यालयको वेबसाइट पनि नयाँ रूपमा आइसकेको छ। तर यही अवधिमा राष्ट्रिय योजना आयोगका उच्च अधिकारीले यो निकाय आफ्नै मातहतमा रहनुपर्ने र त्यसका लागि अध्यादेशमार्फत ऐन सुधार गरिने सार्वजनिक अभिव्यक्ति दिए र दिइरहेका छन् । यो समाचार नागरिक दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशैभर फैलियो मनसुनी वायु : यी क्षेत्रमा भारी वर्षाको सम्भावना
-
आजको पञ्चाङ्ग र राशिफल : कस्तो छ तपाईँको दिन?
-
विदेशी मुद्राको विनिमयदरः कति छ आज डलर र युरो ?
-
नेदरल्यान्ड्सका मुख्य प्रशिक्षक कोएमानले दिए राजीनामा
-
एम्बाप्पे चम्किँदा स्वीडेनमाथि फ्रान्सको सानदार जित
-
गण्डकीमा गौरवका आयोजना निर्माणमा ढिलाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण