चार जनाले धानेको पुर्ख्यौली सीप
घोडाघोडी नगरपालिका–३, बगुलियामा २५ घर कुमाल समुदायको बसोबास छ । बगुलिया भन्नेबित्तिकै माटाका भाँडाका लागि कुनै समय प्रसिद्ध ठाउँ थियो तर यतिबेला चार जनाले मात्रै माटाका भाँडा बनाउने पेसा धानिरहेका छन् ।
१० वर्षको उमेरदेखि माटाका भाँडा बनाउन थालेका ६० वर्षीय दशरथ कुमालका लागि पुर्खाको सम्पत्ति भनेकै माटाका भाँडा बनाउन बुवाबाट सिकेको त्यही सीप हो । उनले भने, “मेरो सम्पत्ति भन्नु नै बुवाबाट सिकेको यही सीप हो, सकुन्जेल बनाउँछु ।”
बगुलियाकै ६६ वर्षीय दोङ्गाली कुमालको दैनिकी पनि माटाका भाँडा बनाउनेमै बित्छ । नजिकैबाट डल्लबमा माटो ल्याउनु, चक्रमा राख्नु अनि विभिन्न आकारका खुत्रुके, घैँटा, गमलालगायत भाँडा तयार पार्नु दोङ्गालीको दैनिकी बनेको छ । उनले पनि बुवाबाटै १२ वर्षको उमेरदेखि माटाका भाँडा बनाउन सिके ।
उनले भने, “अब यो पेसा अपनाउन छोरा नातिले चाहेका छैनन् । हाम्रो शेषपछि यो पेसा पनि मर्छ ।”
पुख्र्यौली पेसा, सीप र कलालाई नयाँ पुस्ताले अँगाल्न नचाहेको गुनासो उनको छ । नयाँ पुस्ताले अन्य पेसा र व्यवसाय अँगालेपछि पुख्र्यौली पेसा लोप हुने चिन्ता कुमाल समुदायमा छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशैभर फैलियो मनसुनी वायु : यी क्षेत्रमा भारी वर्षाको सम्भावना
-
आजको पञ्चाङ्ग र राशिफल : कस्तो छ तपाईँको दिन?
-
विदेशी मुद्राको विनिमयदरः कति छ आज डलर र युरो ?
-
नेदरल्यान्ड्सका मुख्य प्रशिक्षक कोएमानले दिए राजीनामा
-
एम्बाप्पे चम्किँदा स्वीडेनमाथि फ्रान्सको सानदार जित
-
गण्डकीमा गौरवका आयोजना निर्माणमा ढिलाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण