पुनः प्रशिक्षणमा फर्कँदै जिदान
मङ्गलबार, ०८ कात्तिक २०७९, १० : ४१
जिनेदिन जिदानले पुनः प्रशिक्षणमा फर्कने सङ्केत गरेका छन् । लामो समयदेखि जिदान पुनः डगआउटमा फर्कनेबारे विभिन्न आङ्कलनहरू भइरहेका छन् । उनले अन्तिम पटक रियल मड्रिडको नेतृत्व सम्हालेका थिए । सन् २०२१ मा क्लब छाडे यता उनी प्रशिक्षणबाट टाढा रहँदै आएका छन् ।
तर अब खेल प्रेमीहरूले त्यसका लागि लामो समय पर्खनु नपर्ने हुनसक्छ । पेरिसमा आरएमसी स्पोर्टसँग कुराकानी गर्दै पुनः क्लबको व्यवस्थापनमा फर्कने सङ्केत गरेका हुन् । उनले भने, ‘म चाँडै फर्कने छु । केही समय पर्खनुपर्छ । तर चाँडै नै । म प्रशिक्षणमा फर्कनु लामो समय छैन ।’
रियलमा रहँदा पूर्व फ्रेन्च खेलाडीले लगातार तीनवटा च्याम्पियन्स लिगको उपाधि जितेका थिए । दोस्रो पटक रियलको प्रशिक्षणमा फर्कँदा उनले युरोपियन उपाधि नजिते पनि क्लबमा घरेलु लिगको उपाधि दिलाएका थिए ।
गोल डटकम
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा कहाँ घुम्ने ? यस्ता छन् महानगरले बनाएको भ्रमण प्याकेज
-
चीनको क्षेप्यास्त्र परीक्षणविरुद्ध प्रशान्त राष्ट्र एकजुट
-
युरोपेली संघको हवाई सुरक्षा सूचीबाट नेपाललाई हटाउन सांसद अधिकारीको माग
-
कोशी प्रदेशको बजेट पारित
-
संसद्मा हरिनादेवी कामीको प्रश्न– बसको रङ निलो बनाएर महिला सुरक्षित हुन्छन् ?
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको अर्को ऐतिहासिक कीर्तिमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण