बङ्गलादेशमा ५० मेगावाट विद्युत् निर्यात गर्छौँ : राजदूत भण्डारी
नेपालले सुरुवाती चरणमा बङ्गलादेशलाई ४०–५० मेगावाट विद्युत् प्रदान गर्ने बङ्गलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले मंगलबार बताएका छन् । ठुला विद्युत् परियोजना पुरा भएसँगै बङ्गलादेशमा थप विद्युत् निर्यात गर्ने प्रतिबद्धतासमेत भण्डारीले जनाएका हुन् ।
प्रधानमन्त्री शेख हसिनाका प्रेस संयोजक इसानुल करिमका अनुसार मंगलबार ढाकास्थित सरकारी निवासमा भएको भेटका क्रममा भण्डारीले सो कुरा बताएका थिए । द बिजनेस स्टान्डर्डका अनुसार भेटमा भण्डारीले नेपालमा यतिबेला ठुला विद्युत् परियोजनाहरू निर्माणका क्रममा रहेको जानकारी गराएका थिए ।
‘ती परियोजनाहरू पुरा भएपछि नेपाल थप विद्युत् निर्यात गर्न सक्षम हुनेछ,’ भण्डारीलाई उद्धृत गर्दै करिमले भने । यता ढाकास्थित नेपाली राजदूतावासले आजको भेटमा दुई देशबीचको सम्बन्ध, क्रस बोर्डर कनेक्टिभिटी, व्यापार, ट्रान्जिट, ऊर्जा, शिक्षा, पर्यटनलगायत विषयमा पनि छलफल भएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको क्रियाशील सदस्यता ४ लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे
-
‘३५ वर्ष’ को भाष्य छाडेर वर्तमान र भविष्यमा केन्द्रित हुन नयाँ सांसदहरुलई रक्षा बमको आग्रह
-
रास्वपा महाधिवेशनको काउन्डडाउन सुरु
-
कर्णालीमा विपद् जोखिम न्यूनीकरण कर्णाली प्रदेश कार्यमञ्च गठन
-
बागमती सरकारलाई निजी अस्पतालको विवरण पेस गर्न निर्देशन
-
‘रातो किताब’ मा नभेटेपछि वडाध्यक्षले सांसदसँग मागे आफ्ना वडामा परेका योजनाका लिस्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण