पाकिस्तानी पत्रकार हत्याको छानबिन गर्न राष्ट्रसंघको माग
संयुक्त राष्ट्रसंघले पाकिस्तानी पत्रकार अरशद शरीफको हालैको मृत्युप्रति दुःख व्यक्त गर्दै केन्याका अधिकारीहरुसँग घटनाको गहन छानबिन गर्न माग गरेको दैनिक समाचारपत्र डनले छापेको छ । केन्यामा सोमबार भएको गोली काण्डमा पत्रकार सरिफको मृत्यु भएको थियो ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले शरीफका परिवारका सदस्य र उनका प्रियजन र उनलाई चिन्ने सबैप्रति समवेदना व्यक्त गरेका द नेशन दैनिकले जनाएको छ । उनले पत्रकारको संरक्षण र अभिव्यक्ति स्वतन्त्रताको अधिकारबारे चर्चा गर्दै अरशदको कामको तारिफ गरेका छन् । उनले पनि केन्या सरकारसँग घटनाको पूर्ण छानबिन गर्न माग गरेका छन् ।
गत सोमबार अर्शदकी श्रीमती जावेरिया सिद्दिकीले आफ्ना श्रीमानको केन्यामा गोली लागेर मृत्यु भएको जानकारी दिएकी थिइन् । केन्यामा गोली हानेर मारिएका वरिष्ठ पाकिस्तानी पत्रकार शरीफको निधनप्रति पाकिस्तानभरका पत्रकार र धेरै राजनीतिज्ञले शोक व्यक्त गरेका छन् । प्रधानमन्त्री शहबाज शरीफले पनि दिवङ्गत पत्रकारकी आमासँग फोनमा कुरा गर्दै परिवारप्रति सहानुभूति प्रकट गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : चितवनका तीन सांसद पदाधिकारीमा निर्वाचित
-
अब्बल अफ्रिकाः १० मध्ये नौ टोली विश्वकपको अन्तिम ३२मा
-
प्रतिगमन गरेर हैरान छ, लोकतान्त्रिक र वामपन्थी मिलेर पराजित गर्नुपर्छ : केपी ओली
-
प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक पारित
-
कोशी प्रदेशलाई निको कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि
-
सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण