बायर्नसँग पराजित हुँदै बार्सा समूह चरणबाटै बहिरियो
आफ्नो घरेलु मैदानमा बायर्न म्युनिखसँग पराजित हुँदै बार्सिलोना च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ । बुधबार राति भएको खेलमा बार्सा ३–० गोलले पराजित भएको हो ।
पहिलो हाफमा साडियो माने र एरिक म्याक्सिम चुपो मोटिङले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । बार्सिलोनाले पहिलो हाफको अन्त्यतिर पेनाल्टी पाए पनि भिडियो एसिस्टेन्ट रेफ्रीले सो निर्णयलाई उल्टाएको थियो ।
दोस्रो हाफमा सर्जी ग्नाब्रीको गोल पनि अफसाइड भन्दै रद्द गरिएको थियो । तर ग्नाब्रीकै पासमा इन्जुरी समयमा बेन्जामिन पाभार्डले गोल गर्दै बायर्नलाई सहज जीत दिलाए । खेलमा ग्नाब्रीले तीनवटै गोलको अवसर सिर्जना गरेका थिए ।
उता, इन्टर मिलानले भिक्टोरिया प्लेजेनलाई ४–० गोलले हराउँदै च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनाउन सफल भएको छ । इन्टरको जीतमा एडिन जेको दुई तथा हेनरिक मिखितारियन र रोमेलु लुकाकुले एक–एक गोल गरे ।
समूह सीमा बायर्न १५ अंकसहित शीर्ष स्थानमा रह्यो भने इन्टर १० अंक सहित दोस्रो स्थानमा रहन सफल भयो । बार्सिलोनाले ४ अंक बटुल्दा भिक्टोरियाले कुनै पनि अंक बटुल्न सकेन । बार्साले अब युराेपा लिग खेल्नुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण