श्रीमतीलाई गाडीले किच्ने चलचित्र निर्माता पक्राउ
महाराष्ट्रको अम्बोली प्रहरीले चलचित्र निर्माता कमल किशोर मिश्रालाई श्रीमतीलाई गाडीले किचेको आरोपमा पक्राउ गरेको छ । प्रहरीले बिहीबार कमल किशोर मिश्रलाई हिरासतमा लिएर सोधपुछ सुरु गरेको हो ।
सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा कमल किशोर मिश्र आफ्नी श्रीमतीमाथि कार चढेको देख्न सकिन्छ । मिश्रकी श्रीमतीले आक्रमणमा टाउकोमा चोट लागेको दाबी गरेकी छन् । यस मामिलामा उजुरी दर्ता गरेपछि मिश्र विरुद्ध आईपीसीको धारा २७९ र ३३८ अन्तर्गत मुद्दा दर्ता गरिएको थियो।
तर, अहिलेसम्म यस विषयमा कमल किशोर मिश्रको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन । मिश्रको आईएमडीबी पेजका अनुसार उनले हालसम्म शर्माजी की लग गयी, भूतियापा, फ्ल्याट नं ४२० देहाती डिस्को र खलीबली छन्।
यससँगै उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा रणवीर कपुर, सञ्जय दत्तदेखि लिएर धर्मेन्द्रलगायतका बलिउड सेलिब्रेटीसँगका आफ्ना तस्बिरहरू सेयर गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भीरबाट खसेको ढुङ्गा लागेर डाेजर चालकको मृत्यु
-
सरकारको आश्वासनपछि चिया उद्योगको आन्दोलन स्थगित, आजैदेखि सबै उद्योगहरू खुल्ने
-
नेपाल चेम्बर अफ कमर्स र नेपाल मेडिसिटी अस्पतालबिच सम्झौता
-
रास्वपामा १९ पदाधिकारीमध्ये ६ पदमा हुनेछ प्रतिस्पर्धा
-
नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबिच नागरिक पेन्सन योजना सञ्चालन सम्झौता
-
अभ्यासका क्रममा ग्रिनेड विस्फोटः एक सैनिकको मृत्यु, सहसेनानी घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
