गन्तव्य कहाँ हो भनिदेउ न
जिन्दगीलाई हेर्दा हेर्दै
आफैलाई हेर्न बिर्सेछु,
पल पल बगेका यी पलहरुमा
जीवनको परिभाषा खोज्दैछु ।
जन्म र मृत्यु एउटै हो भने
रात र दिनमा किन अन्तर हुन्छ
आँसु र व्यथाका कथाहरुले
खुसी र आनन्द किन रोज्छ ?
रहर होइन जन्मिनलाई,
कहर पनि हैन मर्नलाई
प्रारब्धको सञ्जोग हो यो
भोग्नैपर्ने ब्यूँझिनलाई ।
जन्मदिनको केक काट्दा
आफैलाई रेटेझैं लाग्छ
खुसीले थपडी बजाइरहदा
मृत्युले गिज्याइ रहेझै भाछ ।
न जन्म मेरो, न मृत्यु मेरो
फेरि पनि किन यो चाह यस्तो
म भित्र मै छैन भने
शुन्यताको सबै सेरोफेरो ।
पागलकै पगरी न हो
आनन्द मानी स्वीकारी दिन्छु
सबैबाट भिन्न भएपछि
राम–रस पिइरहेछु ।
अन्तर मनले बोलाई रहँदा
आफै भित्र फर्किरहेछु
बाधा अड्चन हुरी बनी
हुरीमै उडाइ दिन्छु ।
आए कहाँबाट थाहा भएन
जान्छु कहाँ थाहा छैन
पञ्च तत्त्वको शरीर छाडी
गन्तव्य कहाँ हो भनिदेउ न ।
–भक्तपुर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण