बलिउड अभिनेत्री रम्भाको दुर्घटना, छोरी अस्पताल भर्ना
बलिउडको थुप्रै चर्चित फिल्ममा काम गरिसकेकी नायिका रम्भाको कार दुर्घटना भएको छ । दुर्घटनामा रम्भाको कार क्षतीग्रस्त भएको छ । कारमा नायिकाकी छोरी र छोरीलाई हेरविचार गर्ने सहयोगी पनि थिए । नायिकाकी छोरीलाई अस्पताल भर्ना गरिएको छ ।
कसरी भयो दुर्घटना ?
नायिका रम्भाले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा कार दुर्घटनाको खबर साझा गरेकी छिन् । उनले कारको तस्बिर पनि सेयर गरेकी छिन् । फोटोमा तपाईं देख्न सक्नुहुन्छ कि कार नराम्रोसँग क्षतीग्रस्त भएको छ । तर उनलाई धेरै चोट भने लागेन ।
दुर्घटनाको खबर साझा गर्दै उनले आफ्नो पोस्टमा लेखिन्, ‘बच्चालाई स्कूलबाट लिएर आउँदा हाम्रो कार अर्को कारसँग ठोक्कियो । मसँग मेरो बच्चा र उनलाई हेरविचार गर्ने सहयोगी थिइन् । हामी सबै सुरक्षित छौँ । हामीलाई हल्का चोट लागेको छ । तर मेरी छोरी साशा अहिले पनि अस्पतालमा छिन् । कृपया हाम्रो लागि प्रार्थना गर्नुहोस् । तपाईंहरुको प्रार्थनाले निकै महत्वपूर्ण भूमिका खेल्नेछ ।’
को हुन् रम्भा ?
रम्भा हाल फिल्मी दुनियाँबाट टाढा छन् ितर एक समय उनी बलिउडकी निकै चर्चित नाम थिइन् । रम्भा सलमान खानसँग जुडवा फिल्ममा देखिएकी थिइन् । उनले यो फिल्मबाट विशेष पहिचान पाएकी थिइन् । जुडवाबाहेक रम्भा ‘घरवाली बाहरवाली’, ‘क्योंकी मे झुठ नहीं बोलता’ समेत थुप्रै फिल्ममा देखिइसकेकी छिन् । हिन्दी सिनेमाबाहेक रम्भाले तमिल, तेलुगु, कन्नड, मलयालम, बंगाली फिल्ममा पनि काम गरिसकेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटमपछि सुकुम्बासीको चेतावनी, ‘विकल्प नदिए पुरानै ठाउँमा छाप्रो हाल्छौँ’
-
जापानको उत्तरी तटीय क्षेत्रमा ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प
-
कक्षा १२ काे नतिजामाथि प्रश्न उठेपछि शिक्षा मन्त्रालयले गठन गर्यो छानबिन समिति
-
एन्फाले राखेपसँग निहुँ खोज्यो, फिफाले राखेप देखाएर निलम्बन गरिदियो
-
देउवा–शेखर समूहद्वारा चुनदेवीमा कार्यालय खोल्ने तयारी
-
भेनेजुएलामा भूकम्प : मृत्यु हुनेको सङ्ख्या १६४ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण