आज पहाडी भूभागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
शुक्रबार, १८ कात्तिक २०७९, ०६ : ०४
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले प्रदेश १ लगायत बाँकी प्रदेशका पहाडी भूभागहरूमा आंशिक बदली रहेको छ । देशका अन्य भूभागको मौसम सामान्यतः सफा रहेको छ।
आज दिउँसो देशको पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । राती देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतः सफा रहनेछ।
शनिबार प्रदेश १, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भूभागका थोरै तथा बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको रियलस्टेट क्षेत्र व्यवसायिक बन्न सकेको छैन : मन्त्री अधिकारी
-
दैलेखको दुल्लूमा नबिल बैंकको २६८ औँ शाखा सञ्चालन
-
हात्तीपाइले रोगविरुद्धको औषधी सेवनबाट मृत्यु प्रकरण: कहिले आउँछ रिपोर्ट ?
-
खानी उत्खनन्ले मुलुकलाई अधिक लाभ हुन्छ : मन्त्री भण्डारी
-
ग्यास्ट्रिक भएका व्यक्तिले के खान हुन्छ, के हुँदैन ?
-
पाँच वर्षपछि पहिलो पटक युरोप भ्रमणमा चिनियाँ राष्ट्रपति