चितवनमा बोलेरोको ठक्करबाट १ जनाको मृत्यु, चालक फरार
शुक्रबार, १८ कात्तिक २०७९, १२ : १३
चितवनको कालिका नगरपालिका–७ गैंडाखोलामा गएराति बोलेरो जीपको ठक्करबाट गम्भीर घाइते भएका पुरुषको आज मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४९ वर्षीय मीनबहादुर विश्वकर्मा रहेका छन् । दुर्घटनामा गम्भीर घाइते विश्वकर्माको उपचारको क्रममा आज बिहान ३ बजे मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।
ना ३ च ७१७८ नम्बरको बोलेरो जीपले पैदल हिँडिरहेका विश्वकर्मालाई गएराति सवा २ बजे ठक्कर दिएको थियो । दुर्घटना पश्चात् फरार रहेका चालकको खोजी भइरहेको छ । –न्युज कारखाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण