विश्व सुन्दरी जितेको २२ वर्षपछि प्रियंका चोपडाको ताजमाथि प्रश्न, फिक्सिङको आरोप
प्रियंका चोपडा एक बलिउड नायिका मात्रै नभई अन्तर्राष्ट्रिय स्तरमा पनि उनको चर्चा व्यापक नै छ । भारतदेखि अन्तर्राष्ट्रिय सिनेमासम्म आफ्नो पहिचान बनाउने प्रियंकालाई पूरा विश्वले त्यतिबेला देखे जब उनले मिस वर्ल्ड २००० को ताज जितेकी थिइन् । विश्वको सबैभन्दा पुरानो ब्युटी पेजेन्ट जितेर प्रियंकाले आफ्नो पहिचान बनाएकी थिइन् र यहाँबाट नै उनका लागि फिल्मको ढोका खोलियो ।
तर अब प्रियंकाको जीतमा एउटा ठूलो प्रश्न उठिरहेको छ । पूर्व मिस बारबाडोस लिलानी म्याककनेले उनको ताजमाथि प्रश्न उठाएकी हुन् । प्रियंकासँग मिस वर्ल्ड २००० को प्रतिस्पर्धामा रहेकी लिलानी एक युट्युबर हुन् । उनले आफ्नो एउटा भिडियोमा २००० को मिस वर्ल्डको पेजेन्टमा प्रियंकाको जीतलाई फिक्स बताउँदै गम्भीर आरोप लगाएकी छिन् ।
लिलानीले २२ वर्षपछि किन लगाइन् आरोप ?
मिस युएसए ब्युटी पेजेन्ट, एक प्रतिस्पर्धीको जीतका कारण आजकाल निकै विवादमा छ । मिस टेक्सास आर’बोनी गेब्रिएलले मिस युएसए २०२२ टाइटल जितेपछि उनका थुप्रै साथी बधाई दिनुको साटो स्टेजबाट बाहिरिए । मिस युनिभर्सका आयोजकले यसबारे अनुसन्धान गरिरहेको छ र मिस युएसएका अध्यक्ष क्रिस्टल स्टिवर्टलाई सस्पेन्ड गरिएको छ ।
सोसल मिडियामा विवाद निकै भाइरल भइसकेको छ र मानिसहरुले सौन्दर्य प्रतियोगितालाई फिक्स भएको आरोप लगाउन थालेका छन् । यसैबीच पूर्व मिस बारबाडोस लिलानीले उनीसँगै मिस वर्ल्ड २००० मा भाग लिने मिस इन्डियालाई बढी नै प्राथमिकता दिइएको र उनी जित्ने पहिले नै निश्चित भएको आरोप लगाइन् ।
भारतीय स्पोन्सरले निश्चित गरेका थिए जीत
लिलानीले प्रियंकाको जीतमा आरोप लगाउँदै भनिन्, ‘तपाईंलाई याद दिआऊँ, गत वर्ष पनि मिस इन्डियाकै जीत भयो र त्यतिबेला पनि एक भारतीय इन्डियन केबल स्टेशन स्पोन्सर थियो ।’
उनले प्रियंकाबारे भनिन्, ‘उनले स्विमसुट राउन्डमा एउटा ड्रेस लगाएकी थिइन् । प्रियंका चोपडा एक्ली प्रतियोगी थिइन् जसलाई सारोंग (कम्मरमा बाँधेरै लगाइने स्कार्फजस्तो लुगाा) लगाउने अनुमति थियो । उनले आफ्नो स्किन टोन राम्रो बनाउनका लागि क्रिम लगाएको तर त्यसले राम्रोसँग काम नगरेका कारण उनलाई यस्तो गर्न छुट दिइएको बताइयो ।’
‘त्यसैले स्विमसुट राउन्डको जजमेन्टका बेला उनी एक ड्रेसमा थिइन् । यदि तपाईं एउटा सुन्दरी प्रतियोगितामा हुनुहुन्छ र कसैले तपाईंलाई फेभर गरिरहेको छ भने यसबारे तपाईं के गर्न सक्नुहुन्छ ? तपाईं उसैसँग जानुहुन्छ । आखिर तपाईं पनि जित्नै आउनुभएको हो ।’
लिलानीले भिडियोमा प्रियंकालाई अन्य कुनै पनि प्रतिस्पर्धीले मन नपराएको बताइन् । उनले थपिन्, ‘उनले जे पनि गर्थिन् त्यसमा आयोजकको पक्षपात देखिन्थ्यो । सीमा त त्यतिबेला नाघ्यो जब सबै युवती खाना खान एक स्थानमा आउँथे भने प्रियंकालाई उनको बेडमा पुर्याइन्थ्यो ।’
लिलानीले भनिन्, ‘प्रियंकालाई यस्ता पत्रकार सम्मेलन र फोटोसुटमा देखियो जसका लागि एशियाका मात्रै होइन, कुनै पनि युवतीलाई कहिल्यै पनि बोलाइएन । प्रियंकाको जित्नुभन्दा अघि नै समुद्रको किनारामा फोटोसुट भइरहेको थियो जबकी अन्य युवतीलाई बालुवामा अर्कातिर उभ्याइएको थियो । यतिमात्रै होइन, प्रियंकाको गाउन डिजाइन गर्ने डिजाइनरले सबैको ड्रेस बनाएका थिए तर प्रियंकाको ड्रेसको फिटिङ उत्कृष्ट थियो भने अरुको असाध्यै खराब ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटमा कमजोरी भएको भन्दै कर्णालीमा प्रतिपक्षद्वारा संसद् अवरुद्ध
-
अर्यालसहित सात जनाको बयान पूरा भएसँगै थुनछेक बहस सुरु
-
अफ्रिकी समाजवाद: आफ्नै मौलिक बाटो खोज्ने प्रयास
-
पासपोर्ट छपाई प्रकरण : थुनछेक बहस सुरु
-
रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो
-
भेनेजुएलामा स्वास्थ्य सहायता र मानवीय सहयोग पठाउने अमेरिकाको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण