शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

ज्यान मार्ने उद्योग मुद्दामा कैद फैसला भएका प्रतिवादी कारागार चलान

सोमबार, २१ कात्तिक २०७९, ११ : ३२
सोमबार, २१ कात्तिक २०७९

ज्यान मार्ने उद्योग र कुटपिट मुद्दामा कैद र जरिवानाको सजाय तोकिएका प्रतिवादीलाई प्रहरीले बर्दियाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुलरिया नगरपालिका–१ बस्ने रुपलाल देवकोटा छन् ।

२०७३ असोजमा बर्दिया जिल्ला अदालतले उनलाई १ वर्ष ११ महिना कैद र १ लाख जरिवाना हुने फैसला गरेको थियो । फैसला पछि फरार प्रतिवादीलाई पक्राउ गरेर अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी हिक्मत बोहोराले रातोपाटीलाई बताए ।

प्रतिवादीलाई अदालतको आदेशले कारागार कार्यालय बर्दियामा थुनामा पठाइएको डीएसपी बोहोराले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप