शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

गर्मीका कारण सन् २०२२ मा युरोपमा कम्तीमा १५ हजारको मृत्यु

मङ्गलबार, २२ कात्तिक २०७९, ०९ : २२
मङ्गलबार, २२ कात्तिक २०७९

सन् २०२२ मा तातो मौसमका कारण युरोपमा कम्तीमा  १५ हजार मानिसको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ भने । तातो हावाबाट सबैभन्दा बढी स्पेन र जर्मनी प्रभावित भएका छन् ।

जुनदेखि अगस्टसम्मको तीन महिना रेकर्डहरू सुरु भएदेखि युरोपमा सबैभन्दा तातो थियो र असाधारण रूपमा उच्च तापक्रमले महाद्वीप मध्य युगपछिकै सबैभन्दा खराब खडेरीको साक्षी बन्यो ।  

“अहिलेसम्म पेस गरिएको देशको तथ्यांकका आधारमा यो अनुमान गरिएको छ कि तातो हावाका कारण सन् २०२२ मा कम्तीमा १५ हजार मानिसको मृत्यु भएको अनुमान गरिएको छ’, डब्ल्यूएचओका युरोपका क्षेत्रीय निर्देशक हान्स क्लुगेले एक विज्ञप्तिमा भने । 

‘गर्मीको ३ महिनामा स्पेनमा करिब ४ हजार पोर्चुगलमा १ हजारभन्दा बढी, बेलायतमा ३२ सय भन्दा बढी र जर्मनीमा ४ हजार भन्दा बढीको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले रिपोर्ट गरेका छन् ।’ उनले थपे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप