बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रहेनन् ‘ह्यारी पोटर’ स्टार लेस्ली फिलिप्स, ९८ वर्षको उमेरमा निधन

बुधबार, २३ कात्तिक २०७९, ११ : १४
बुधबार, २३ कात्तिक २०७९

ह्यारी पोटर सिरिजमा महत्वपूर्ण भूमिका निभाउने बेलायती अभिनेता लेस्ली फिलिप्सको निधन भएको छ । लेस्ली फिलिप्स ९८ वर्षका थिए । उनी लामो समयदेखि बिरामी थिए र रोगसँग लड्ने क्रममा नै उनी यो संसारबाट बिदा भए ।

सुतिरहेका बेला लेस्ली फिलिप्सको निधन

लेस्ली फिलिप्सका एजेन्ट जोनाथन लोयडले उनको निधन भएको पुष्टि गरेका छन् । जोनाथनका अनुसार लेस्लीको सोमबार सुतिरहेका बेला नै निधन भएको हो । लेस्ली फिलिप्सको जन्म २० अप्रिल सन् १९२४ मा लण्डनमा भएको थियो । उनले आफ्नो करियरमा दुई सयभन्दा बढी फिल्ममा काम गरेका छन् । फिल्मबाहेक उनले टिभी र रेडियोमा पनि काम गरिसकेका छन् । उनी दिग्गज बेलायती अभिनेताको सूचीमा गनिन्थे ।

ह्यारी पोर्टर सिरिजमा मुख्य पात्र ह्यारी पोर्टरको जुन ह्याट थियो – द सर्टिङ्ग्स ह्याट– त्यसको आवाज लेस्ली फिलिप्सले नै दिएका थिए । ह्यारी पोटरका कारण उनी युवापुस्तामाझ निकै लोकप्रिय पनि थिए ।

वन लाइनर्सका लागि चर्चित थिए लेस्ली फिलिप्स

ह्यारी पोटरबाहेक लेस्ली फिलिप्सलाई ‘क्यारी अन’ फिल्मका लागि पनि चिनिन्थ्यो । क्यारी अन फिल्ममा लेस्लीका वाक्य मानिसलाई निकै मनपरेको थियो । फिल्ममा उनका वाक्य आज पनि मानिसहरुबीच चर्चित छन् । लेस्ली फिलिप्स आफ्नो आइकोनिक वान लाइनर्सका लागि पनि प्रशंसकबीच चर्चित थिए ।

लेस्ली फिलिप्सको निधनले अभिनेताकी श्रीमतीलाई गहिरो चोट पुगेको छ । उनले आफ्ना श्रीमानको निधनमा द सनसँग कुराकानी गर्दै भनिन्, ‘मैले एक निकै शानदार श्रीमान् गुमाएकी छु र सर्वसाधारणले एक सच्चा शो म्यानलाई गुमाएको छ । मानिसहरुले उनलाई प्रेम गर्दथे । उनी जहाँ जान्थे, मानिसले आफ्नो प्रेमको वर्षा गरे ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप