सौरभले यसरी मनाए जन्मदिन: बालबालिका भए खुसी
तनहुँ - जन्मदिन मनाउने तरिका सबैका आ–आफ्नै हुन्छन् । कसैले साथिभाई सँग जमघट गरेर मनाउँछन त कसैले घरपरिवारसँगै बसेर ।
तर, तनहुँ म्याग्दे गाउँपालिका वडा नम्बर ४ का युवा सौरभ अधिकारीले भने आफ्नो जन्मदिन बहिरा विद्यालयमा गएर विद्यार्थीसँग मनाएका छ्न ।
२३ औं जन्मदिनमा उनले व्यास नगरपालिका वडा नम्बर १ खकौलीमा रहेको श्री बुद्ध दाहाल बहिरा प्राविमा मनाएका हुन्। उनले जन्मदिनको अवसरमा विद्यालयका ३३ जना बहिरा बालबालिकालाई शैक्षिक सामग्री बितरण गरेका छन्।
खर्च जोगाएर बालबालिकालाई कापी, सिसाकलम र मिठाइ वितरण गरेको अधिकारीले बताए । उनी विद्यालयका शिक्षक तथा चाइल्ड लाइफ फोटोग्राफीका अध्यक्ष समेत हुन् ।
अधिकारीले बालबालिकाको शिक्षाका लागि आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
शैक्षिक सामाग्री पाएपछि बालबालिका खुसी भएका थिए। विद्यालयका अध्यक्ष मणि जङ बस्नेतले अधिकार लाई जन्मदिनको शुभकामनाका साथै धन्यवाद ज्ञापन गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बादलको आरोप– प्रधानमन्त्रीको गलत अभिव्यक्तिको बचाउमा सांसदसहित सेना पनि लाग्यो
-
पर्वतमा सन्तु नेपालीको हत्या गरी गहना लुट्ने मुख्य अभियुक्तसहित दुई जना पक्राउ
-
दरबार हत्याकाण्ड ‘उधिन्ने’ गृहमन्त्री गुरुङको घोषणाबारे के भन्छन् दलका नेताहरू ?
-
आङ्देम्बेको ‘मुर्दा लास’ र ‘चीरहरण’ शब्दप्रति रास्वपाको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग
-
रामबहादुर थापाले दिए संसद् सुचारुका तीन उपाय
-
तामिल फिल्मका दिग्गज निर्देशक भारतीराजाको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण