सौरभले यसरी मनाए जन्मदिन: बालबालिका भए खुसी
तनहुँ - जन्मदिन मनाउने तरिका सबैका आ–आफ्नै हुन्छन् । कसैले साथिभाई सँग जमघट गरेर मनाउँछन त कसैले घरपरिवारसँगै बसेर ।
तर, तनहुँ म्याग्दे गाउँपालिका वडा नम्बर ४ का युवा सौरभ अधिकारीले भने आफ्नो जन्मदिन बहिरा विद्यालयमा गएर विद्यार्थीसँग मनाएका छ्न ।
२३ औं जन्मदिनमा उनले व्यास नगरपालिका वडा नम्बर १ खकौलीमा रहेको श्री बुद्ध दाहाल बहिरा प्राविमा मनाएका हुन्। उनले जन्मदिनको अवसरमा विद्यालयका ३३ जना बहिरा बालबालिकालाई शैक्षिक सामग्री बितरण गरेका छन्।
खर्च जोगाएर बालबालिकालाई कापी, सिसाकलम र मिठाइ वितरण गरेको अधिकारीले बताए । उनी विद्यालयका शिक्षक तथा चाइल्ड लाइफ फोटोग्राफीका अध्यक्ष समेत हुन् ।
अधिकारीले बालबालिकाको शिक्षाका लागि आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
शैक्षिक सामाग्री पाएपछि बालबालिका खुसी भएका थिए। विद्यालयका अध्यक्ष मणि जङ बस्नेतले अधिकार लाई जन्मदिनको शुभकामनाका साथै धन्यवाद ज्ञापन गरे ।