बादलको आरोप– प्रधानमन्त्रीको गलत अभिव्यक्तिको बचाउमा सांसदसहित सेना पनि लाग्यो
सारांश
- नेकपा एमालेका नेता रामबहादुर थापा 'बादल'ले 'नेपालले भारतको सीमा मिचेको छ' भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिको बचाउमा सांसदसहित नेपाली सेना पनि लागेको आरोप लगाएका छन्।
- थापाले राष्ट्रिय स्वाभिमानको प्रश्न सङ्कटमा परेको भन्दै प्रधानमन्त्री बालेन शाहले संसद्मा आएर स्पष्ट पार्नुपर्ने अडान दोहोर्याए।
- उनले प्रधानमन्त्रीका तर्फबाट परराष्ट्रमन्त्रीले दिएको स्पष्टीकरणसँग सहमत नभएको र प्रधानमन्त्रीले नै जवाफ नदिएसम्म सदन चल्न नसक्ने बताए।
काठमाडौँ । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले ‘नेपालले भारतको सीमा मिचेको छ’ भन्ने गलत अभिव्यक्तिको बचाउमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसदसहित नेपाली सेना पनि लागेको आरोप लगाएका छन्।
बुधबारको प्रतिनिधि सभा बैठकमा दलका तर्फबाट धारणा राख्दै नेता थापाले राष्ट्रिय स्वाभिमानको प्रश्न सङ्कटका रूपमा आएको भन्दै यसबारे संसद्मा आएर प्रधानमन्त्री बालेन शाहले प्रस्ट पार्नुपर्ने अडान दोहोर्याए ।
‘नेपाली जनताले अहिलेसम्म पनि निरन्तर हाम्रो सीमा अतिक्रमणविरुद्ध आवाज उठाइरहेका छन् । तर यो विन्दुसम्म आइपुग्दा प्रधानमन्त्रीको अभिव्यक्तिबाट भारतले होइन नेपालले अतिक्रमण गरेको छ भन्ने स्थापित गर्न खोजिएको छ’, बादलले भने, ‘यसका निम्ति सेनाले पनि यो वक्तव्यको पैरवी गरिरहेको छ।’
थापाले सत्तापक्षका सांसदहरूले पनि प्रधानमन्त्रीको वक्तव्यलाई स्थापित गर्न तथ्यहरू खोज्दै हिँडेको बताए ।
‘यो तथ्यले के देखाउँछ भने यो राष्ट्रिय समस्या समाधान गर्ने सबैको दायित्व हो’, थापाले भने । उनले प्रधानमन्त्रीका तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनालले दिएको स्पष्टीकरणसँग सहमत हुन नसकिने समेत बताए। ‘प्रस्टीकरण प्रधानमन्त्रीले नै दिनुपर्छ । किन उहाँ संसद्लाई उपहास गरेर आउन चाहनुहुन्न ? के यो स्वेच्छाचारिता हो वा अधिनायकवाद हो ?’, बादलले प्रश्न गर्दै भने।
नेता थापाले प्रधानमन्त्रीले सीमाबारे जवाफ नदिएसम्म सदन चल्न नसक्ने प्रस्टसँग बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशका २६ पालिकाले उठाएनन् रासायनिक मल
-
स्वास्थ्य सम्बद्ध सङ्घसंस्थाका पदाधिकारीहरूलाई अनिवार्य समावेश गर्न माग
-
श्रम संस्कृति पार्टीका सांसदहरूले नाराबाजीसहित बेल घेराउ गरे, सभामुख पेलेरै अघि बढे (तस्बिरहरू)
-
इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कका विभिन्न क्षेत्रबाट १३ जना प्यालेस्टिनीलाई पक्राउ
-
सांसद हमालद्वारा राष्ट्रियताको विषयमा एकताबद्ध हुन आग्रह
-
केही अमेरिकी भन्छन्– एपस्टिन प्रकरणमा ट्रम्प प्रशासनले न्याय दियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण