विप्लवका कार्यकर्ताले म माथि आक्रमण गरे : पुन
कपिलवस्तुका टुकलाल पुनले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताहरूले आफूमाथि आक्रमण गरेको आरोप लगाएका छन् । बिहीबार काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गरी पुनले सो आरोप लगाएका हुन् । पत्रकार सम्मेलनमा उनले आफू विप्लवका कार्यकर्ताहरूले आक्रमण गरेर आफू घाइते भएको समेत बताए ।
‘कात्तिक २२ गते दिउँसो १ बजेतिर महिला संगठनको अध्यक्षको घरमा छलफल गरिरहेको अवस्थामा ६/७ जनाको समूहमा आएका विप्लवका कार्यकर्ताले ममाथि एक्कासि आक्रमण गरे’ उनले भने– ‘उनीहरूले एक्कासि टुकलाल भन्ने तै हैनस्, तैले बिद्रोह गरेर हाम्रो पार्टी कमजोर बनाइस् भन्दै टाउकोमा आक्रमण गरेपछि म ढलें ।’
यस्तै टुकलालकी श्रीमतीले आफ्नो श्रीमानलाई ज्यान मार्ने उद्देश्यले कुटपिट गरेको आरोप लगाइन् । उनले आक्रमण गर्नेहरूलाई अपराधीको संज्ञा दिँदै कडा कारबाही गर्न सम्बन्धित निकायसँगआग्रह गरिन् ।
यस्तै नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोलाले पनि टुकलाल माथिको आक्रमणको निन्दा गरेका छन् । उनले टुकलाल आफ्नो पार्टीको कार्यकर्ता भएको बताउँदै विप्लवका सैद्धातिक विचलनहरू सतहमा आएपछि आफुहरुले पार्टी पुनर्गठन गरेको र त्यसपछि विप्लवको पार्टी अस्तित्व रक्षाको चरणमा पुगेकाले अतालिएर आफ्ना नेता कार्यकर्तामाथि आक्रमण गर्न थालेको बताए ।
‘पार्टी अलग हुनु त राजनीतिक कुरा हो तर राजनीतिक विषयमा वैचारिक राजनीतिक छलफल गर्नुको साटो विप्लवले हाम्रा कार्यकर्तामाथि आक्रमण गरेर आफ्नो असली गुण्डागर्दी र अपराधी चरित्र देखाए’ उनले भने । बास्तोलाले विप्लवको यो पुरानै चरित्र भएको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यालय स्तरको पाठ्यक्रममा नैतिक शिक्षासम्बन्धी विषयवस्तु समावेश गर्न माग
-
प्रधानमन्त्रीपत्नीको स्पष्टोक्ति : सुरक्षाकर्मीले आफ्नै ब्याग बोकेका हुन्, मेरो होइन
-
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार
-
डा. गोविन्द केसीले दिए अनसन बस्ने चेतावनी
-
रास्वपाको केन्द्रीय समिति निर्वाचन राति साढे १० बजेदेखि हुने
-
१० बजे १० समाचार : रास्वपाको युरोपियन मोडल, संवैधानिक परिषद् अध्यादेश विवादमा पूर्णविराम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण