बार्सासँगको दुरी घटायो रियलले
शुक्रबार, २५ कात्तिक २०७९, ०६ : ३६
रियल मड्रिडले शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दुरी २ अंकमा झारेको छ । विश्वकपको ब्रेकअघि बिहीबार भएको खेलमा रियलले काडिजलाई २–१ गोलले हराएको हो ।
खेलको ४० औँ मिनेटमा टोनी क्रुसको फ्रिककमा हेडमार्फत गोल गर्दै एडर मिलिटाओले रियललाई अग्रता दिलाए । दोस्रो हाफमा क्रुसले पेनाल्टी एरिया बाहिरबाट उत्कृष्ट भलीमार्फत गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । खेलको अन्त्यतिर काडिजका लुकास पेरेजले एक गोल फर्काए पनि टोलीले खेलमा पुनरागमन गर्न सकेन ।
१४ खेलपछि बार्साको ३७ अङ्क रहेको छ भने रियलको ३५ अङ्क रहेको छ । तेस्रो स्थानमा रहेको रियल सोसिडाडको २६ अङ्क रहेको छ । अब विश्वकप नसकेसम्म स्पेनिस ला लिगाका खेलहरू खेलाइनेछैन । ३१ डिसेम्बरबाट पुनः लिग खेलहरू सञ्चालन हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनियमित मनसुन र बढ्दो तापक्रमले हिन्दूकुश क्षेत्रमा आकस्मिक बाढीको जोखिम
-
कर्णालीमा दुई दिनमा १ अर्ब ५७ करोड खर्च
-
राजेन्द्र राईकाे अभिव्यक्ति संसदकाे अभिलेखबाट हटाउन निर्देशन
-
बजेट आजै पारित हुने, मन्त्रिपरिषद्बाट बजेट संशोधन गर्न कार्यदल गठन
-
१५ वर्षे किशोरको शंकास्पद मृत्यु प्रकरण, वडा अध्यक्ष पक्राउ
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, को होला मुख्यसचिव ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण