भिल्लाविरुद्ध युनाइटेडको पुनरागमन
शुक्रबार, २५ कात्तिक २०७९, ०६ : ३९
दुई पटक खेलमा पछि परेको स्थिति उल्टाउँदै म्यानचेस्टर युनाइटेडले एस्टनभिल्लालाई ओल्ड ट्रफोर्डमा ४–२ गोलअन्तरले पराजित गरेको छ । जीतसँगै युनाइटेड काराबाओ कपको चौथो चरणमा प्रवेश गरेको छ ।
भिल्लाले ओली वाटकिन्स र डिओगो डालोटको आत्मघाती गोलको मद्दतले खेलमा दुई पटक अग्रता लिएको थियो । तर रोमाञ्चक बनेको दोस्रो हाफमा युनाइटेडले ४ गोल गर्दै खेल आफ्नो पक्षमा पार्न सफल रह्यो । युनाइटेडलाई जीत दिलाउन एन्टोनी मार्सियाल, मार्कस रासफोर्ड, ब्रुनो फर्नान्डेज र स्कट म्याकटोमिनीले १–१ गोल गरे ।
१८ वर्षीय युवा खेलाडी अलेजान्ड्रो गारानचोले खेलमा उत्कृष्ट प्रदर्शन गर्दै दुईवटा गोलको अवसर सिर्जना गरेका थिए । अब युनाइटेडले बर्नलीको सामना गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनियमित मनसुन र बढ्दो तापक्रमले हिन्दूकुश क्षेत्रमा आकस्मिक बाढीको जोखिम
-
कर्णालीमा दुई दिनमा १ अर्ब ५७ करोड खर्च
-
राजेन्द्र राईकाे अभिव्यक्ति संसदकाे अभिलेखबाट हटाउन निर्देशन
-
बजेट आजै पारित हुने, मन्त्रिपरिषद्बाट बजेट संशोधन गर्न कार्यदल गठन
-
१५ वर्षे किशोरको शंकास्पद मृत्यु प्रकरण, वडा अध्यक्ष पक्राउ
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, को होला मुख्यसचिव ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण