४६ वर्षका टिभी अभिनेता सिद्धान्तको मृत्यु, जिम गर्दै गर्दा हृदयाघात
टिभीका चर्चित अभिनेता सिद्धान्त विर सुर्यवंशीको ४६ वर्षको उमेरमा मृत्यु भएको छ । उनी शुक्रबार बिहान जिममा वर्कआउट गरिरहेका बेला उनको निधन भएको हो । सिद्धान्तलाई तुरुन्त अस्पताल लगिएको थियो जहाँ उनलाई मृत घोषित गरियो ।
राजु श्रीवास्तव र दिपेश भानपछि जिममा वर्कआउट गरिरहेका बेला मृत्यु हुने अभिनेतामा उनी तेस्रो हुन् ।
अभिनेता सिरियल ‘कुसुम’, ‘वारिस’ र ‘सूर्यपुत्र करण’ का लागि निकै चर्चित छन् । टिभी अभिनेता जय भानुशालीले यसबारे पुष्टि गरेका हुन् । सिद्धान्त विरले श्रीमती अलिसिया राउत र दुई सन्तानलाई छोडेर यो धर्तीबाट बिदा भएका छन् । फिटनेसका लागि सिद्धान्त निकै सतर्क थिए ।
को थिए सिद्धान्त विर सूर्यवंशी ?
सिद्धान्त विर सूर्यवंशीको नीजि जीवन निकै विवादास्पद रह्यो । पहिला उनले इरा नामकी युवतीसँग विवाह गरेका थिए तर सन् २०१५ मा उनको सम्बन्धविच्छेद भयो । त्यसको दुई वर्षपछि सिद्धान्त दोस्रो पटक प्रेममा परे । पहिलो विवाहबाट उनका एक छोरी छन् । दोस्रो विवाहबाट उनका एक छोरा छन् । यी दुईको देखभाल सिद्धान्त र अलिसिया मिलेर गरिरहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटमपछि सुकुम्बासीको चेतावनी, ‘विकल्प नदिए पुरानै ठाउँमा छाप्रो हाल्छौँ’
-
जापानको उत्तरी तटीय क्षेत्रमा ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प
-
कक्षा १२ काे नतिजामाथि प्रश्न उठेपछि शिक्षा मन्त्रालयले गठन गर्यो छानबिन समिति
-
एन्फाले राखेपसँग निहुँ खोज्यो, फिफाले राखेप देखाएर निलम्बन गरिदियो
-
देउवा–शेखर समूहद्वारा चुनदेवीमा कार्यालय खोल्ने तयारी
-
भेनेजुएलामा भूकम्प : मृत्यु हुनेको सङ्ख्या १६४ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण