‘वर्षौंसम्म मेरो अपमान गरियो’, मिथुनले किन रुँदै भने – मेरो बायोपिक बनोस् भन्ने चाहन्नँ
भारतका दिग्गज अभिनेता मिथुन चक्रवर्तीले रियालिटी गायन शो सारेगामापा लिटिल च्याम्प्समा आफ्नो जीवनको तितो अनुभव साझा गरेका छन् ।
उनी त्यतिबेला आफ्ना संघर्षको दिन सम्झँदै भावुकसमेत भए ।
मिथुनका अनुसार छालाको रङका कारण उनले धेरै समस्या झेल्नुपरेको थियो । उनको अपमानसमेत गरिएको उनले बताए । यसैका कारण आफू धेरैजसो रोइरहने उनले जानकारी दिए । उनले भने, ‘म जुन परिस्थितिबाट गुज्रिएँ त्यो अरु कसैले पनि झेल्न नपरोस् भन्ने चाहन्छु । सबैको आ–आफ्नै संघर्ष हुन्छ, उनीहरु मुश्किल दिनमा लड्छन् पनि । तर मलाई मेरो छालाको रङको विषयमा तथानाम भनिन्थ्यो । छालाको रङका लागि मलाई वर्षौँसम्म अपमान गरियो । मैले ती दिन पनि देखेँ जब म खाली पेट सुत्नुपर्दथ्यो । म सुत्नका लागि रुने गर्दथेँ । अब के खाने होला भनेर सोच्ने दिन पनि आए, सुत्न कहाँ जाने भनेर पनि धेरै चिन्ता हुन्थ्यो । कति दिनसम्म त म फुटपाथमा नै सुतेको छु ।’
भावुक भए मिथुन
मिथुन चक्रवर्तीले भने, ‘यसैकारण म मेरो बायोपिक बनोस् भन्ने चाहन्नँ । मेरो कथाले कसैलाई पनि प्रेरित गर्दैन । मेरो कहानीले उनीहरुलाई मानसिक रुपमा तोड्नेछ, मानिसहरुलाई उनीहरुको सपना पूरा गर्न निरुत्साहित गर्नेछु । यस्तो होस् भन्ने म चाहन्नँ । मैले त गर्न सक्छु भने जसले पनि गर्न सक्छ । मैले इन्डष्ट्रिमा आफूलाई प्रमाणित गर्नका लागि धेरै लडाईं लडेको छु । म दिग्गज यसकारण होइन किनभने मैले हिट फिल्म दिएको छु । म दिग्गज हुँ किनभने मैले आफ्नो जीवनको सबै पीडा र संघर्ष पार गरेको छु । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँका स्थानीय तहद्वारा सात अर्ब ७८ करोडको बजेट प्रस्तुत
-
रास्वपा महाधिवेशन : सभापतिदेखि मन्त्रीसम्मले गरे मतदान (तस्बिरहरू)
-
वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा २ खर्ब २१ अर्ब राजस्व सङ्कलन
-
उत्तरी गोरखास्थित सीमा क्षेत्र र सीमा स्तम्भको अनुगमन
-
शम्भुजितलाई दीर्घ साधना, उन्नतिदेखि शिवसम्मलाई सम्मान दिइने
-
कास्कीका पालिकाको बजेट : दबाबमा पोखरा, अरूको पैसा खर्च हुन सकेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण