लक्ष्मीप्रसाद देवकोटाको अन्तिम कविता : मृत्यु शैयाबाट
सोमबार, २८ कात्तिक २०७९, १४ : १५
संसार रूपी सुख स्वर्गभित्र
रमेँ रमाएँ लिई भित्र चित्र
सारा भयो त्यो मरुभूमि तुल्य
रातै परे झैँ अब बुझ्छु बल्ल ।
रहेछ संसार निशा समान
आएन ज्यूँदै रहँदा नि ज्ञान
आखिर श्रीकृष्ण रहेछ एक
न भक्ति भो, ज्ञान न भो विवेक ।
महामरूमा कणझैँ म तातो
जलेर मर्दो विनु आश लाटो
सुकी रहेको तरुझैँ छु खाली
चिताग्नि तापी जल डाल्न फाकी ।
संस्कार आफ्नो सब नै गुमाएँ
म शून्यमा शून्यसरी विलाएँ
जन्मेँ म यो स्वर्गविषे पलाएँ
आखिर भै खाक त्यसै विलाएँ ।
(लक्ष्मीप्रसाद देवकोटा जन्म १९६६ कात्तिक २७ गते थियो । उनले अस्पतालको शैयाबाट लेखेको यो अन्तिम कविता थियो )
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप फुटबल २०२६ को उद्घाटन समारोह आज, को-कसकाे रहनेछ प्रस्तुति ?
-
राखेपको उपाध्यक्षमा फुटबलर श्रेष्ठ नियुक्त
-
लुम्बिनी प्रादेशिक अस्पताल निर्माण: ठेकदारलाई भुक्तानी गर्न बजेट अभाव
-
रास्वपा लमजुङको सभापति निर्वाचनमा धाँधलीको आरोप, सभापतिका अरू उम्मेदवारले दिए उजुरी
-
मुग्लिन–मलेखु सडकका चार पुल सञ्चालनमा आउँदै
-
यस वर्ष हिन्दुकुश क्षेत्रमा कम मनसुनी वर्षा तर जोखिम यथावत् : अध्ययन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण