रौतहट ३ मा स्वतन्त्र उम्मेदवार नै हावी
बुधबार, ३० कात्तिक २०७९, ०६ : २८
देशभर सत्तारुढ पाँच दलीय गठबन्धन र प्रतिपक्षी एमाले गठबन्धनबीच प्रतिस्पर्धा भइराख्दा मधेस प्रदेशको रौतहट ३ मा भने स्वतन्त्र उम्मेदवारबीच नै टक्कर देखिएको छ ।
राष्ट्रिय दलको मान्यता पाएका ६ मध्ये कुनै पनि दलको उम्मेदवार यहाँ छैनन् । कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, लोसपाका उम्मेदवार यो क्षेत्रमा शून्य छन् । माओवादी केन्द्रको तर्फबाट उम्मेदवारी दिएका रवीन्द्र पटेललाई पार्टीले कारबाही गरिसकेको छ ।
स्वतन्त्र उम्मेदवार प्रभू शाहलाई सत्तारुढ गठबन्धनले समर्थन गरेको छ । दुई स्वतन्त्र पूर्व मन्त्री प्रभू शाह र उद्योगपति ओमप्रकाश जैसवालबीच प्रतिस्पर्धा हुने भएपछि कुन स्वतन्त्र विजयी हुने हुन् भन्ने चासो बढेको छ । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : चीनमा २ नेपाली युवा पक्राउ, कर्मचारीहरूको सरुवा प्रक्रिया अब डिजिटल
-
पहिलो हाफमा नर्वेलाई अग्रता, आइभरी कोस्टले पायो ९ कर्नर किक
-
आइभरी कोस्टविरुद्ध नर्वेलाई अग्रता, नुसाले गरे गोल
-
जर्मनीकी विकासमन्त्रीसँग राप्रपा सांसद ओलीको भेट
-
एन्फा पूर्व अध्यक्ष शेर्पा हाजिर जमानीमा रिहा
-
एकैपटक हवाई इन्धनको मूल्यमा भारी कटौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण