अपाङ्गमैत्री मतदानस्थल नहुँदा जुम्लामा तीन हजार बढी मतदानबाट वञ्चित

जुम्लाको हिमा गाउँपालिका वडा नम्वर ७ का सुर्य अधिकारी ह्वीलचियरमा आवतजावत गर्छन । सूर्य जस्तै फरक क्षमता भएका मतादाता धेरै छन्, जसलाई अपाङ्गमैत्री मतदानस्थल नहुँदा मताधिकारबाट बञ्चित हुने पिरलो छ । ‘अपांगता भएका व्याक्तिलाई सहत रुपमा मतदान गर्नका लागी अपाङ्गमैत्री मतादान स्थल हुनुपर्ने सरकारी नियम छ । तर, हामीले कहिल्यै सहज वातावरणमा मतदान गर्न पाएनौं ।’ उनले गुनासो पोखे । जुम्लामा कुल ६८ जहार ६ सय ३८ मतादाता मध्ये अपाङ्गता भएका तीन हजार मतादाता छन्, तर कुनैपनि मतदान स्थल अपाङ्गमैत्री छैनन् ।
जुम्लामा अपाङ्गमैत्री मतदान स्थल नहुँदा ३ हजार मतादातालाई समस्या भएको छ । जुम्लामा ८३ मतदानस्थल र १०६ मतदान केन्द्र छन् । तर, अपाङ्गमैत्री छैनन् । अपांग पुर्नस्थापना कार्यालय जुम्लाका निवर्तमान अध्यक्ष नन्दराज धितालका अनुसार जुम्लामा कुल आठ हजार जना अपांगता भएका व्यक्ति छन्, त्यसमा ३ हजार मतादाता छन् ।
अपांगता भएका व्याक्तिलाई सहत रुपमा मतदान गर्नका लागी अपाङ्गमैत्री मतादान स्थल हुनुपर्ने सरकारी नियम छ । मतादान सम्पन्न गर्ने जीम्मेवारी प्राप्त गरेका सरकारी निकायले अपाङ्गमैत्री मतदान स्थल बनाउन प्रयास नगरेको अपांग पुर्नस्थापन विकास केन्द्र जुम्लाका अध्यक्ष रामकृष्ण न्यौपानेले बताए । ‘एकातिर शारिरिक अशक्तता हुन्छ, अर्कोतिर जटिल भूगोलका कारण आवतजावत गर्न मुस्किल छ, अपांगमैत्री मतदान केन्द्र नबनाएर मताधिकारबाट बञ्चित गर्नु हाम्रो लागि अप्रिय कुरा हो ।’ अध्यक्ष न्यौपानेले भने । जिल्ला निर्वाचन कार्यालय जुम्लाका प्रमुख महेश शर्माले जुम्लामा भौगोलिक रुपमा कठिनाइ भएका कारण अपांगमैत्री मतदान स्थल बनाउन नसकिएको बताए । अपांगमैत्री मतदान केन्द्र बनाउन नसकिए पनि अपांगता भएका व्याक्तिलाई सौहार्द वातावरमा मतदान गर्ने वातावरण मिलाइएको उनले बताए । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुक्तकमैयाको आयआर्जनको प्रमुख आधार बन्दै तरबुजाखेती
-
राजेन्द्र लिङ्देन र कमल थापालाई दायाँबायाँ राखेर आन्दोलन घोषणा गर्न सफल भए नवराज सुवेदी
-
चीनमा १४५ प्रतिशत भन्सार महसुल अहिलेलाई कायमै रहनेछ : ट्रम्प
-
हिन्दु राष्ट्र र राजसंस्था स्थापित नभएसम्म आन्दोलन रोकिँदैन : कमल थापा
-
राजावादी समूहको १४ बुँदे प्रतिबद्धता पत्रमा के छ ? (पूर्णपाठसहित)
-
‘मिस एण्ड मिस्टर नेसनल’ का विजेता छानिए