मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

५२ जना कैदी बन्दीले गरे रुपन्देहीबाट मतदान, अधिकांश प्रहरी वञ्चित

आइतबार, ०४ मङ्सिर २०७९, १३ : ०३
आइतबार, ०४ मङ्सिर २०७९

रुपन्देहीको भैरहवामा रहेको जिल्ला कारागारका ५२ जना थुनुवा र कैदीहरुले मतदान गरेका छन ।  भैरहवा स्थित जिल्ला कारागार परिसरमै बनाइएको अस्थायी मतदान केन्द्रबाट उनीहरुले मतदान गरेका हुन् ।

कारागारमा ४५५ जना कैदी बन्दी रहेकोमा ५७ जना थुनुवा र ९ जना कारागारका कर्मचारीहरुको मतधिकार मात्रै रहेकोले अस्थायी मतदान केन्द्रमार्फत मतदान गरेका हुन् । मतदानका लागि सोही केन्द्रमा खटिएका तीनजना कर्मचारीले पनि मतदान गर्न पाउँछन् । अघिल्ला निर्वाचनमा मतदान गर्नबाट बञ्चित कैदीबन्दीले यसपटक भने मतदान गरिरहेका छन् ।

केही कैदी सरुवा भएको र केही सफाइ पाई गइसकेको हुनाले मतदानमा सहभागी नभएका हुन् । केहीको नामावली भएपनि कागजी प्रक्रियाले मताधिकार गरेका छैनन, कागजपत्रसहित आएमा साँझ ५ बजे सम्म मतदान गर्न पाउने मतदान अधिकृत गंगाप्रसाद अधिकारीले जानकारी दिए । अस्थायी मतदाताहरूले संघीय समानुपतिकतर्फ मात्रै मतदान गर्न पाउने व्यवस्था छ । 

रुपन्देहीमा ५ ओटा अस्थायी मतदान केन्द्र रहेका छन् । जिल्ला कारागार रुपन्देही, सशस्त्र प्रहरी बल सिमा सुरक्षा २७ नं। गण, रामनगर ब्यारेक बुटवल, सैनामैना व्यारेक र सालझण्डी ब्यारेकमा आफ्नो निर्वाचन क्षेत्र पुग्न नसक्ने कर्मचारी, सुरक्षाकर्मी, वद्धाश्रममा रहेका व्यक्ति र कैदी बन्दीका लागि मतदानको व्यवस्था गरिएको छ ।

रुपन्देहीका ५ हजार ३७७ अस्थायी मतदाता छन् । अस्थायी मतदाता सूचीमा रहेका मतदाताले मात्रै संघीय समानुपतिक तर्फ मतदान गर्छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्यामु अर्यालका अनुसार रुपन्देहीका अधिकांस प्रहरीहरू मतदानबाट वञ्चित भएको जानकारी दिए । १ हजार ७३५ प्रहरी रुपन्देहीमा परिचालन भए पनि ३३ जनाको मात्रै नामावली मतदाता सूचीमा रहेको छ । 
न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप