देउवा उम्मेदवार रहेको डडेल्धुरामा २ बजेदेखि मतगणना
सोमबार, ०५ मङ्सिर २०७९, १३ : ४५
डडेल्धुरामा दिउँसो २ बजेदेखि मत गणना सुरू हुने भएको छ । प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा उम्मेदवार रहेको डडेल्धुरामा २ बजेदेखि मतगणना सुरू हुने भएको हो ।
केही बेरअघि सकिएको सर्वदलीय बैठकले २ बजेदेखि मतगणना गर्ने निर्णय गरेको हो । दुर्गम ठाउँमा मत पेटिका ढिलागरी सदरमुकाम पुगेकाले मत गणनामा ढिलाई भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
२ ठाउँमा मत गन्ने व्यवस्था मिलाइएको छ । डडेल्धुरामा प्रतिनिधिसभा सदस्यमा प्रधानमन्त्री देउवासँगै नेपाली कांग्रेसका वीपीका वरिष्ठ उपाध्यक्ष कर्ण बहादुर मल्ल, स्वतन्त्र उम्मेदवार सागर ढकाल लगायत ८ जना उम्मेदवार छन् ।
डडेल्धुरामा ५६.६४ प्रतिशत मत खसेको थियो । ९१ हजार २०१ कुल मतदाता रहेकोमा ५१ हजार ६६० मत मात्रै खसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
-
भन्सार छलीका सामान बरामद
-
रास्पवा भक्तपुरमा बस्नेत निर्वाचित
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण