प्रेमीका सबासँगको लिभिङको हल्लाको खण्डन गर्दै ऋतिकले भने-‘अपार्टमेन्ट किन्ने कुनै योजना छैन’
पछिल्लो समय अभिनेता ऋतिक रोशन र उनकी प्रेमीका सबा आजादको रिलेशनसिपका विषयमा विभिन्न समाचार सार्वजनिक भइरहेका छन् । यो जोडीले आफ्नो सम्बन्ध छिट्टै एक कदम अगाडि बढाउन लागेको, दुबैलेसँगै बस्ने मन बनाएको, यो जोडी अपार्टमेन्टमा सिफ्ट हुन लागेका र त्यसको मूल्य १०० करोड भारु रहेको समेत उनको विषयमा हल्ला चलिरहेको छ । प्रेमीका सबसँगको लिभिङ लगायत सबै खबरलाई अभिनेता ऋतिकले भने खण्डन गरेका छन् ।
सामाजिक सञ्जाल पोस्ट गर्दै ऋतिकले बाहिर फैलिएको खबरमा सत्यता नरहेको बताएका छन् । ‘पब्लिक फिगर भएकाले जनताले मेरो बारेमा जान्न चाँहन्छन् भन्ने बुझ्छु । तर गलत समाचारबाट आफूलाई टाढै राख्यौं भने सहि हुनेछ । यो जिम्मेवारीपूर्ण काम हो ।’ पोस्टमा ऋतिकले लिभिङमा रहने खबरको समेत खण्डन गरेका छन् ।
केही समयअघि ऋतिकले जुहु–वर्सोवा लिंक रोड नजिक दुईवटा अपार्टमेन्ट किनेको खबर समेत फैलिएको थियो । यी दुई लक्जरी अपार्टमेन्टको मूल्य ९७.५० करोड रहेको चर्चा थियो । ऋतिकले भने आफ्नो अपार्टमेन्ट किन्ने कुनै योजना नभएको स्पष्ट पारेका छन् ।
ऋतिक र साबा दुवै आ–आफ्नो फिल्म प्रोजेक्टमा व्यस्त छन् । साबा एक फिल्मको सुटिङमा व्यस्त छिन्, भने ऋतिक ‘फाइटर’ मा व्यस्त छन् । ‘फाइटर’ भारतको पहिलो एरियल फिल्म हो, जसको प्रतिक्षामा फ्यान छन् । फिल्म २०२४ मा रिलिज हुनेछ ।
सबा–ऋतिक लामो समयदेखि रिलेसनसिपमा छन् । यसअघि ऋतिकले सन् २००० मा इन्टेरियर डिजाइनर सुजैन खानसँग विवाह गरेका थिए । दुवै सन् २०१४ मा अलग भएका थिए । ऋतिक र सुजैनका दुई सन्तान छन् ।-दैनिक भास्कर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको उत्तरी तटीय क्षेत्रमा ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प
-
कक्षा १२ काे नतिजामाथि प्रश्न उठेपछि शिक्षा मन्त्रालयले गठन गर्यो छानबिन समिति
-
एन्फाले राखेपसँग निहुँ खोज्यो, फिफाले राखेप देखाएर निलम्बन गरिदियो
-
देउवा–शेखर समूहद्वारा चुनदेवीमा कार्यालय खोल्ने तयारी
-
भेनेजुएलामा भूकम्प : मृत्यु हुनेको सङ्ख्या १६४ पुग्यो
-
११ विद्यार्थी सङ्गठनले भने : १२ को त्रुटिपूर्ण नतिजाका विषयमा शिक्षा मन्त्रालय गम्भीर बनोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण