शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अछाम–२ मा २३ वर्षपछि कांग्रेसकाे कमब्याक, पुष्प शाह विजयी

बुधबार, ०७ मङ्सिर २०७९, २० : ३४
बुधबार, ०७ मङ्सिर २०७९

अछाम क्षेत्र नम्बर २ मा नेपाली कांग्रेस पुष्पबहादुर शाह विजयी भएका हुन् । नेपाली कांग्रेस अछामका सभापति शाहले ६ हजार ८ सय ४० मतान्तरले एमालेका यज्ञबहादुर बोगटीलाई पराजित गरेका हुन् । 

सत्ता गठबन्धनका साझा उम्मेदवार शाह २२ हजार ९ सय ५४ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका बोगटीले १६ हजार एकसय १४ मत प्राप्त गरे । 

२०५६ मा को आम निर्वाचन पछि अछाम २ मा कांग्रेसले जित हात पार्न सकेको थिए ।  ०६४ पहिलो संविधानसभा निर्वाचनमा माओवादीका शरदसिंह भण्डारी विजयी भएका थिए भने ०७० मा एमालेका भरत साउद र ०७४ मा यज्ञबहादुर बोगटीले अछाम–२ मा बाजी मारेको थिए ।  

२०७४ मा तत्कालीन वाम गठबन्धनबाट चुनाव लडेका बोगटीसँग कांग्रेसका शाह  नै २ हजार ८ सय ५९ मतले पराजित भएका थिए । सत्ता गठबन्धनको साथमा बोगटीसँग बदला लिँदै शाहले संसद यात्रा तय गरेका छन् । शाह २०३६ सालमा कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)बाट राजनीतिमा जोडिएका थिए । नेपाल ल क्याम्पस र कञ्चनपुरबाट नेविसंघको राजनीतिमा सक्रिय भए ।

२०४० सालमा काठमाडौँबाट अछाम फर्किएपछि वकालत पेसा थाले । सोही समयमा शाह जिल्ला बार इकाईको दुई कार्यकाल अध्यक्ष बने । २०४९ सालबाट शाह कांग्रेसको जिल्ला कार्यसमिति सदस्य भएर बनेर औपचारिक रूपमा पार्टी राजनीतिमा प्रवेश गरेका थिए ।

जिल्ला कार्य समिति सदस्यमा निर्वाचित भएपछि पार्टीले उनलाई कोषाध्यक्ष बनाएको थियो । २०५३ मा पार्टीको महाधिवेशन प्रतिनिधि र २०५४ मा जिल्ला सचिव भएर काम गरेका उनले त्यसयता निरन्तर महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य निर्वाचित बने ।

२०६७ सालमा भएको कांग्रेसको बाह्रौँ महाधिवेशनका क्रममा उनी कांग्रेस अछामको सभापति निर्वाचित भए । ०७८ मा भएको चौधौं महाधिवेशनका क्रममा शाह पुनः सभापतिमा निर्वाचित भए । अब शाहको परिचयमा प्रतिनिधिसभा सांसद पनि थपिएको छ ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप