कास्की २ मा एमालेकी भट्टराई पुनः निर्वाचित
बिहीबार, ०८ मङ्सिर २०७९, ०६ : ३३
कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराई १६ हजार नौ सय ९८ मतसहित पुनः निर्वाचित भएकी छिन् ।
उनका निकतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले १२ हजार चार सय ९५ मत प्राप्त गरे । भट्टराईले चार हजार पाँच सय तीन मतान्तरले जितलाई आफ्नो पक्षमा पारेकी हुन् ।
यसैगरी गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का श्रीनाथ बरालले भने नौ हजार छ सय ५९ मत प्राप्त गरेर तेस्रो स्थानमा रहे । सो क्षेत्रमा ७९ हजार एक सय मतदाता रहेकामा ४९ हजार नौ सय २० मत खसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसभा निर्वाचन : राहुल गान्धी रायबरेलीबाट र केएल शर्मा अमेठीबाट चुनाव लड्ने
-
बागमती प्रदेश : मन्त्री व्यवस्थापनमा सकस, मुख्यमन्त्री दोहोरो दबाबमा
-
न्यायपालिकाबाट प्रेस स्वतन्त्रतालाई अप्ठेरो पार्ने गरी निर्णय हुन थालेको छ : अध्यक्ष पोखरेल
-
२ सय भन्दा धेरैलाई ठगेको आरोपमा दुई जना पक्राउ
-
काल्चेमा सडक भत्किएपछि कान्तिलोकपथ बन्द
-
यो वर्ष प्रेस स्वतन्त्रता हननका ६२ घटना