धादिङ १ 'ख' बाट सालिकराम जमरकट्टेल विजयी
बिहीबार, ०८ मङ्सिर २०७९, १८ : ३२
धादिङ क्षेत्र नम्बर १ प्रदेश सभा २ बाट नेकपा माओवादी केन्द्रका नेता सालिकराम जमरकट्टेल निर्वाचित भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार जमरट्टेलले एमालेका गजेन्द्रप्रसाद थपलियालाई पराजित गरेका हुन् ।
जमरकट्टेलले १९ हजार ९०३ मत ल्याएर विजयी भए भने एमालेका थपलियाले १२ हजार ४७८ मत ल्याएर पराजित भएका हुन् । यस्तै क्षेत्र नम्बर १ 'क'बाट कांग्रेसका मधुकुमार श्रेष्ठले एमालेका रमेशकुमार आचार्यलाई पराजित गरेका छन् । श्रेष्ठले १७ हजार ८३२ मत ल्याएर विजयी भएका छन् भने एमालेका आचार्यले १६ हजार ५३८ मत ल्याएर पराजित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रादेशिक अस्पताल निर्माण: ठेकदारलाई भुक्तानी गर्न बजेट अभाव
-
रास्वपा लमजुङको सभापति निर्वाचनमा धाँधलीको आरोप, सभापतिका अरू उम्मेदवारले दिए उजुरी
-
मुग्लिन–मलेखु सडकका चार पुल सञ्चालनमा आउँदै
-
यस वर्ष हिन्दुकुश क्षेत्रमा कम मनसुनी वर्षा तर जोखिम यथावत् : अध्ययन
-
नेपाल प्रहरीका ५०९ जना इन्स्पेक्टरको एकैपटक सरुवा (सूचीसहित)
-
प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण