रणवीर र आलियाले छोरीको नाम राखे : हजुरआमा नीतु कपूरले दिएको नामको अर्थ यस्तो
रणवीर कपुर र आलिया भट्टले छोरीको नाम राखेका छन् । आलियाले हालै आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा लामो पोस्ट सेयर गर्दै छोरीको नामको जानकारी दिएकी छिन् । आलिया र रणवीरले छोरीको नाम ‘राहा’ राखेका छन् । हजुरआमा नीतु कपुरले आफ्नी नातिनीलाई यो नाम दिएकी हुन् । आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा छोरीको नामको अर्थ बताउँदै आलियाले राहाको अर्थ खुसी भएको बताएकी छन् । यसबाहेक राहा एउटा गोत्र पनि हो । आलियाले नोभेम्बर ६ मा छोरीलाई जन्म दिएकी हुन् ।
भट्टले नामको अर्थ बताइन्
आफ्नी छोरीको नामको बारेमा जानकारी दिँदै आलिया भट्टले आफ्नो सोशल मिडिया अकाउन्टमा लेखेकी छिन्, ‘राहा भनेको आनन्द हो । संस्कृतमा राहा भनेको गोत्र हो । बंगालीमा यसको अर्थ सान्त्वना र राहत हो । अरबीमा यसको अर्थ शान्ति हो । साथै यसका अन्य धेरै अर्थहरू पनि छन् – स्वतन्त्रता र आनन्द । उनलाई पहिलो पटक आफ्नो हातमा लिँदा हामीले यी सबै अर्थहरु महसुस गर्यौँ । हाम्रो परिवारलाई नयाँ जीवन दिएकोमा तिमीलाई धन्यवाद राहा । हाम्रो जीवन भर्खरै सुरु भएको जस्तो लाग्यो ।’
आलियाले नोभेम्बर ६ मा छोरीलाई जन्म दिइन्
आलिया भट्टले नोभेम्बर ६ मा छोरीलाई जन्म दिइन् । आलियाले सामाजिक सञ्जालमा छोरीको आगमनको औपचारिक घोषणा गरेकी थिइन् । त्यस क्रममा आलियाले लेखिन्– ‘हाम्रो जीवनको सबैभन्दा उत्कृष्ट खबर तपाईंहरुमाझ साझा गर्न चाहन्छौँ । हाम्रो बच्चा यस संसारमा आएको छ र उनी निकै अद्भूत छिन् । यो खुशी व्यक्त गर्न निकै गाह्रो छ । हामी भाग्यमानी अभिभावक बनेका छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँका स्थानीय तहद्वारा सात अर्ब ७८ करोडको बजेट प्रस्तुत
-
रास्वपा महाधिवेशन : सभापतिदेखि मन्त्रीसम्मले गरे मतदान (तस्बिरहरू)
-
वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा २ खर्ब २१ अर्ब राजस्व सङ्कलन
-
उत्तरी गोरखास्थित सीमा क्षेत्र र सीमा स्तम्भको अनुगमन
-
शम्भुजितलाई दीर्घ साधना, उन्नतिदेखि शिवसम्मलाई सम्मान दिइने
-
कास्कीका पालिकाको बजेट : दबाबमा पोखरा, अरूको पैसा खर्च हुन सकेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण