शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

चित्रलेखालाई हराउँदै सिरहा–२ मा राजकिशोर यादव विजयी

शनिबार, १० मङ्सिर २०७९, ०५ : ५१
शनिबार, १० मङ्सिर २०७९

जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार राजकिशोर यादव निर्वाचित भएका छन्। यादवले नेपाली कांग्रेसकी नेत्री चित्रलेखा यादवलाई पराजित गर्दै सिरहा–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । 

निर्वाचन आयोगका अनुसार राजकिशोरले २४ हजार १७८ मत प्राप्त गरे। त्यसैगरी चित्रलेखाले २३ हजार २८ मत पाइन् । उनीहरू बीचमा एक हजार एक सय ५० मतान्तर रहेको छ । त्यसैगरी जनमत पार्टीका उम्मेदवार विनोदकुमार यादव १६ हजार नौ सय दुई मत प्राप्त गरी तेस्रो भएका छन् । सिरहा निर्वाचन क्षेत्र नं–२ मा प्रतिनिधिसभा सदस्यको निम्ति २४ जना उम्मेदवार प्रतिस्पर्धामा थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप