राजनीतिमा पराजित भएको छैन : हृदयेश त्रिपाठी
आइतबार, ११ मङ्सिर २०७९, २२ : २८
जनता प्रगतिशील पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री हृदयेश त्रिपाठीले आफू निर्वाचनमा पराजित भए पनि राजनीतिमा पराजित नभएको प्रतिक्रिया दिएका छन् । उनले सहयात्री दल नेकपा (एमाले) को नेतृत्व पङ्क्तिबाट निर्वाचनमा आफूलाई असहयोग भएको आरोप लगाए ।
त्रिपाठी एमालेको समर्थनमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम–१) बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका थिए । उनलाई नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीले पराजित गरेका हुन् । नेता त्रिपाठीले आज परासीमा पत्रकार सम्मेलन गर्दै निर्वाचनमा हारे पनि जनताको सेवा र प्राप्त उपलब्धिको रक्षा गर्न आफू सदैव सक्रिय रहने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक थिएटरमा कक्षा ८ को ‘स्याल सिंह’ मञ्चन
-
पूर्वसचिव भीम उपाध्यायविरूद्ध साइबर ब्युरोमा उजुरी
-
फागुन २१ को निर्वाचन प्रक्रियामा प्रचण्डको आशङ्का : त्यत्रो भोट कसरी आयो ?
-
म्यानमार द्वन्द्वमा मृतकको संख्या एक लाख नाघ्यो
-
लैङ्गिक हिंसा अन्त्यका लागि एकीकृत कानुन ल्याइँदैछ : मन्त्री बादी
-
रास्वपाका निर्वाचित ९९ केन्द्रीय सदस्य, को कता ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण