लायन्स क्लव र पत्रकार महासंघ तनहुँ बीच मैत्रीपूर्ण फुटवल प्रतियोगिता सम्पन्न
तनहुँ - लायन्स क्लव अफ भानुभक्तको आयोजनामा शुक्रवार दमौलीमा मैत्रीपूर्ण फुटवल प्रतियोतिा सम्पन्न भएको छ । प्रतियोगितामा लायन्स क्लव अफ तनहुँ भानुभक्त, लायन्स क्लव अफ तनहुँ, लायन्स क्लव अफ व्याससिटी र नेपाल पत्रकार महासंघ तनहुँ शाखा गरी चार टीम सहभागी भएका थिए ।
पहिलो खेल लायन्स क्लव अफ तनहुँ भानुभक्त र लायन्य क्लव अफ व्यास सिटी बीच भएको थियो । आयोजक क्लवले व्याससिटीलाई ० विरुद्ध १ गोल गरेको थियो ।
दोस्रो खेलमा नेपाल पत्रकार महासंघ तनहुँ शाखा र लायन्स क्लव अफ तनहुँ बीच भएको थियो । खेलमा पत्रकार महासंघले लायन्स क्लव अफ तनहुँलाई ० का विरुद्ध ३ गोल गरी विजयी भयो ।
फुटबलको फाइनल खेलमा आयोजक क्लव र नेपाल पत्रकार महासंघ बीच प्रतिस्पर्धी खेलमा दुवै टीमले एक एक गोल गरी बराबरीमा पुगेका थिए ।
लायन डिस्ट्रीक एड्भाइजर माधव बहादुर पन्तले मैत्रीपूर्ण फुटवल प्रतियोगिताले शारीरिक संगठनलाई स्वास्थ्य राख्न सहयोग पुग्ने बताए ।
विश्वमै उत्कृष्ट सामाजिक संस्थाको रुपमा लायन्स क्लव इन्टरनेशनल रहेको बताउँदै लायन्स क्लवमा हाल सम्म १५ लाख मानिस आवद्ध भैसकेको र २ सय ११ राष्ट्रमा लागु भएको पन्तले बताए ।
कार्यक्रममा रिजनरल चेयरपर्सन चुडामणि दाहाल, लायन बाबुराम बगाले, लायन्स क्लव अफ व्यास सिटीका अध्यक्ष राजकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष ओमकार आचार्य, लायन्स क्लव अफ सत्यवतीकी पूर्व सचिव अन्जना तिमिल्सेना लगायतले आ आफ्नो धारणा राखेका थिए ।
रिजनरल चेयरपर्सन चुडामणि दाहाल र लायन्स क्लव अफ तनहुँ भानुभक्तका पूर्व अध्यक्ष विश्वश्वर खनालले विजयी टीमलाई टीका लगाएर पुरस्कृत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बादलको आरोप– प्रधानमन्त्रीको गलत अभिव्यक्तिको बचाउमा सांसदसहित सेना पनि लाग्यो
-
पर्वतमा सन्तु नेपालीको हत्या गरी गहना लुट्ने मुख्य अभियुक्तसहित दुई जना पक्राउ
-
दरबार हत्याकाण्ड ‘उधिन्ने’ गृहमन्त्री गुरुङको घोषणाबारे के भन्छन् दलका नेताहरू ?
-
आङ्देम्बेको ‘मुर्दा लास’ र ‘चीरहरण’ शब्दप्रति रास्वपाको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग
-
रामबहादुर थापाले दिए संसद् सुचारुका तीन उपाय
-
तामिल फिल्मका दिग्गज निर्देशक भारतीराजाको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण