जुम्लामा चार जना उम्मेदवारको जमानत जफत
जुम्लामा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा उम्मेदवार भएका ४ जनाको जमानत जफत भएको छ। दुई प्रतिनिधिसभा उम्मेदवार दुई प्रदेशसभाका उम्मेदवारको जमानत जफत भएको हो ।
जिल्ला निर्वाचन अधिकारी महेश शर्माका अनुसार खसेको कूल सदरमतको कम्तीमा १० प्रतिशत मत ल्याउने उम्मेदवारको जमानत जोगिने छ। जसअनुसार प्रतिनिधिसभा तर्फ नेपाल मजदुर किसान पार्टीका डिल्लीप्रसाद काफ्ले र स्वतन्त्र उम्मेदवार डाक्टर कलबहादुर रोकायाले १० प्रतिशत मत कटाउन सकेनन् ।
यस्तै प्रदेशसभा (क) का नेपाल मजदुर किसान पार्टीका राजेश्वर देवकोटा र प्रदेशसभा (ख) सोही पार्टीका उम्मेदवार विर्ष वहादुर रावतको जमानत जफत भएको छ ।
जुम्लामा प्रतिनिधिसभा तर्फ ५ जना र प्रदेश (क) र (ख)तर्फ ४–४ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो । प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्येक उम्मेदवारले १० हजार र प्रदेशसभा निर्वाचनका लागि प्रत्येक उम्मेदवारले ५ हजार रुपैयाँ जनामत (धरौटी) राख्नुपर्ने व्यवस्था थियो। जनामत जोगिनेले यसअघि राखेको धरौटी रकम फिर्ता पाउने छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखाको वैतेश्वरमा आगलागी : एक घर जलेर नष्ट
-
विश्वकप लिग-२ त्रिदेशीय शृङ्खला खेल्ने नेपाली टोलीको बिदाइ, तस्बिरहरू
-
सेन्ट पिटर्सबर्गको प्रमुख तेल टर्मिनलमा युक्रेनीड्रोन आक्रमण
-
घरेलु तथा साना उद्योग महासङ्घको २६औँ महाधिवेशन प्रारम्भ
-
नेपालको पर्यटन प्रवर्द्धनबारे अमेरिकामा छलफल
-
नेतन्याहु अर्को सोमबार अमेरिका भ्रमणमा जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण