दोलखामा एमालेका उम्मेदवार शिवाकोटीले घटाए मतान्तर

दोलखामा अहिले मतगणना जारी छ । पछिल्लो मतपरिणामअनसुार प्रतिनिधिसभातर्फ ११८२९ मतगणना हुँदा गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार गंगा कार्की अग्रता कायमै छ । कार्कीले ६ हजार ९७ मत ल्याउँदा एमालेका बालकृष्ण शिवाकोटीले ५ हजार २४८ मत ल्याएका छन् ।
शिवाकोटीले अहिले मतान्तर घटाउँदै लगेका छन् । यसअघि कार्कीले ५ हजार ४३४ मत ल्याउँदा शिवाकोटीले ३ हजार ८८९ मत प्राप्त गरी १ हजार ५४५ मतान्तर रहेको थियो । अहिले कार्की र शिवाकोटीले प्राप्त गरेको मतान्तर ८४९ मात्रै रहेको छ भने ४४९ मत बदर भएको छ ।
त्यस्तै प्रदेशसभा १ मा ९ हजार ३४६ मतगणना गर्दा कांग्रेसका कुन्दन काफ्लेको अग्रता कायमै रहेको छ । काफ्लेले ५ हजार ५ मत प्राप्त गर्दा एमालेका नरबहादुर श्रेष्ठले ३ हजार ३६० मत प्राप्त गरेका छन् । सो क्षेत्रमा २८० मत बदर भएको छ ।
यता प्रदेशसभा २ मा कांग्रेसका बर्मा लामाले अग्रता कायमै राखेका छन् । लामाले ५ हजार ३६३ मत प्राप्त गर्दा एमालेका भरत केसीले ५ हजार १७५ मत प्राप्त गरेका छन् । सो क्षेत्रमा ३५४ मत बदर भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशको समृद्धिमा बिचौलिया र भ्रष्टाचार प्रमुख बाधक : डा.वाग्ले
-
आत्मा र पुनर्जन्म हुन्छ ?
-
अपरेसन सिन्दूरमा कान्दाहार अपहरणका मास्टर माइन्डसहित ५ आतंकवादी मारिए : भारत
-
नयाँ बजेटमा आयोजना तथा कार्यक्रम हेरफेर गर्छौं : अर्थमन्त्री पौडेल
-
साउदी अरबका विदेशमन्त्रीद्वारा भारत र पाकिस्तानसँग छलफल
-
उपसभामुख राना बङ्गलादेश प्रस्थान