अपरेसन सिन्दूरमा कान्दाहार अपहरणका मास्टर माइन्डसहित ५ आतंकवादी मारिए : भारत
नयाँ दिल्ली । गत मे ७ मा भारतले गरेको ‘अपरेशन सिन्दूर’ मा पाकिस्तान र पाकिस्तान प्रशासित कस्मिरमा मारिएका ५ जना आतंकवादीहरुको सूची सार्वजनिक गरेको छ । समाचार एजेन्सी एएनआईले शनिबार गुप्तचर एजेन्सीहरूलाई उद्धृत गर्दै ५ आतंककारीहरूको सूची जारी गरेको हो।
मारिनेमा अबु जुन्दल, हाफिज मुहम्मद जमील, मोहम्मद युसुफ अजहर, मोहम्मद सलीम, घोसी साहब र मोहम्मद हसन खान छन्। युसुफ कान्दाहार अपहरणको मास्टरमाइन्ड थिए भने जुन्दल मुम्बई आक्रमणमा संलग्न थिए।
अप्रिल २२ मा भएको पहलगाम हमलापछि भारतले ९ वटा स्थानलाई निशाना बनाएको थियो। यी पाँच आतंकवादी सँगै मारिएका थिए वा छुट्टाछुट्टै मारिएका थिए भन्ने जानकारी सार्वजनिक गरिएको छैन।
यता, भारतीय रक्षा मन्त्रालय र विदेश मन्त्रालयले पाकिस्तानी आक्रमणको जवाफमा शनिबार गरिएका कारबाहीहरूको विवरण दिएको छ। कर्नेल सोफिया कुरेशीका अनुसार भारतले ८ सैन्य अड्डाहरूमा आक्रमण गरेको थियो। यसमा पाकिस्तानी एयरबेस र हतियार डिपोहरू समावेश छन्।
शुक्रबार साँझ पाकिस्तानले जम्मू कश्मीर, पञ्जाब, राजस्थान र गुजरातका २६ सहरहरूमा ५५० भन्दा बढी ड्रोनहरू प्रहार गरेको भारतको आरोप छ । शनिबार बिहान पाकिस्तानले फेरि जम्मू कश्मीर, पञ्जाब, राजस्थान, हरियाणा र गुजरातमा आक्रमण गरेको थियो।
गोलीबारीमा राजौरीका एक प्रशासनिक अधिकारी सहित पाँच जनाको मृत्यु भएको छ। धेरै भवनहरू क्षतिग्रस्त भएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण