साउदी अरबका विदेशमन्त्रीद्वारा भारत र पाकिस्तानसँग छलफल

काठमाडौँ । भारत र पाकिस्तानबिच जारी तनावका बिच साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फरहानले दुवै देशका विदेशमन्त्रीहरूसँग फोनमा कुराकानी गरेका छन्।
साउदी अरबको विदेश मन्त्रालयले राजकुमार फैसल बिन फरहानले भारतीय विदेशमन्त्री एस जयशंकर र पाकिस्तानका विदेशमन्त्री इशाक डारसँग भारत र पाकिस्तानबिच जारी सैन्य टकराब अन्त्य गर्ने र तनाव कम गर्ने प्रयासबारे छलफल गरेको जानकारी दिएको छ ।
पाकिस्तानको विदेश मन्त्रालयले साउदी विदेशमन्त्री र इशाक दारबिच भएको वार्ताको बारेमा पनि जानकारी दिँदै भनेको छ , "इशाक डारले हिजो राति भारतीय आक्रमण र पाकिस्तानको बदला लिने कारबाहीपछि क्षेत्रको वर्तमान अवस्थाको बारेमा जानकारी गराएका छन्। साउदी विदेशमन्त्रीले निर्दोष जीवनको क्षतिप्रति समवेदना व्यक्त गरे । साथै, पाकिस्तानको संयम र सन्तुलित प्रतिक्रियाको कदर गरेका छन् । दुई नेताहरू सम्पर्क कायम राख्न सहमत भएका छन् ।’
यद्यपि, साउदी अरबको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा विदेशमन्त्रीले कसैको मृत्युको बारेमा केही भनेको उल्लेख छैन।
यसैबिच, भारतका विदेशमन्त्री एस जयशंकर र भारतीय विदेश मन्त्रालयले राजकुमार फैसल बिन फरहानसँगको कुराकानीको बारेमा अहिलेसम्म कुनै वक्तव्य जारी गरेका छैनन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रत्नेचौर–ज्यामरुककोट–भकिम्ली सडक कालोपत्र हुँदै
-
सुनको मूल्य तोलामा ३ हजार ५०० रुपैयाँ घट्यो
-
प्रतिस्पर्धात्मक खेलमा सान होजेसँग बराबरीमा रोकियो मेस्सी आबद्ध इन्टर मियामी
-
गैरआवासीय नागरिकतासम्बन्धी ऐन संशोधन गर्ने प्रमुख दलको प्रतिबद्धता
-
संवैधानिक नियुक्ति विवाद : आज बार पूर्वअध्यक्ष घिमिरे र खड्कासहितले बहस गर्ने
-
गर्मीसँगै बढ्यो खरबुजा व्यापार (तस्बिरहरू)