साउदी अरबका विदेशमन्त्रीद्वारा भारत र पाकिस्तानसँग छलफल
काठमाडौँ । भारत र पाकिस्तानबिच जारी तनावका बिच साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फरहानले दुवै देशका विदेशमन्त्रीहरूसँग फोनमा कुराकानी गरेका छन्।
साउदी अरबको विदेश मन्त्रालयले राजकुमार फैसल बिन फरहानले भारतीय विदेशमन्त्री एस जयशंकर र पाकिस्तानका विदेशमन्त्री इशाक डारसँग भारत र पाकिस्तानबिच जारी सैन्य टकराब अन्त्य गर्ने र तनाव कम गर्ने प्रयासबारे छलफल गरेको जानकारी दिएको छ ।
पाकिस्तानको विदेश मन्त्रालयले साउदी विदेशमन्त्री र इशाक दारबिच भएको वार्ताको बारेमा पनि जानकारी दिँदै भनेको छ , "इशाक डारले हिजो राति भारतीय आक्रमण र पाकिस्तानको बदला लिने कारबाहीपछि क्षेत्रको वर्तमान अवस्थाको बारेमा जानकारी गराएका छन्। साउदी विदेशमन्त्रीले निर्दोष जीवनको क्षतिप्रति समवेदना व्यक्त गरे । साथै, पाकिस्तानको संयम र सन्तुलित प्रतिक्रियाको कदर गरेका छन् । दुई नेताहरू सम्पर्क कायम राख्न सहमत भएका छन् ।’
यद्यपि, साउदी अरबको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा विदेशमन्त्रीले कसैको मृत्युको बारेमा केही भनेको उल्लेख छैन।
यसैबिच, भारतका विदेशमन्त्री एस जयशंकर र भारतीय विदेश मन्त्रालयले राजकुमार फैसल बिन फरहानसँगको कुराकानीको बारेमा अहिलेसम्म कुनै वक्तव्य जारी गरेका छैनन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण