उपसभामुख राना बङ्गलादेश प्रस्थान
काठमाडौँ । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगर ६ दिने औपचारिक भ्रमणका लागि शनिबार बिहान बङ्गलादेश प्रस्थान गरेकी छन्। उनले बंगलादेशको राजधानी ढाकामा आयोजना हुने ‘पत्रकार महिलाको सम्मेलन’ मा सहभागिता जनाउनेछिन्।
इनिसिएटिभ्स अफ मिडिया वुमन नेपालको आयोजनामा, बंगलादेशस्थित नेपाली दूतावास र संयुक्त परिषद्सँगको सहकार्यमा आइतबार हुने कार्यक्रममा उपसभामुख राना मगरले प्रमुख वक्ताको रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
कार्यक्रममा उनले पछिल्लो समयमा मिडिया क्षेत्रमा देखिएका साझा समस्या र चुनौती, सामाजिक तथा सांस्कृतिक दृष्टिकोण र दक्षिण एसियामा जिम्मेवार पत्रकारितामा महिलाको निर्णायक भूमिकाको विषयमा सम्बोधन गर्ने बताइएको छ ।
उपसभामुख राना मगरको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले सम्मेलनका साथै बङ्गलादेशका उच्च अधिकारीहरूसँग भेटघाट र अनुभव आदानप्रदान गर्ने कार्यक्रम समेत रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण