पेट्रोलियम पदार्थको मूल्य नघटाउने निगमको निर्णय

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत राखेको छ । निगमले शुक्रबार एक विज्ञप्ति जारी गरी सो कुराको जानकारी दिएको हो । विज्ञप्तिमा हाल अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्य पुनः घटबढ हुने क्रममा रहेको र इण्डियन आयल कर्पोरेशनको बक्यौता एवम् सरकारद्वारा उपलब्ध गराइएको ऋणको व्यवस्थापन गर्न निगमलाई अझै चूनौतीपूर्ण अवस्था रहेकोले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथाबत राखिएको जनाइएको छ ।
विज्ञप्तिमा भनिएको छ- ‘हाल अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्य पुनः घटबढ हुने क्रममा रहेको अवस्थामा पेट्रोलियम पदार्थको आपूर्ति सुचारु राख्न र इण्डियन आयल कर्पोरेशनको बक्यौता एवम् सरकारद्वारा उपलब्ध गराइएको ऋणको व्यवस्थापन गर्न निगमलाई अझै चूनौतीपूर्ण अवस्था रहेकोले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत राखिएको छ ।’
बिहीबार इण्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको थियो । निगमले आइओसीले पेट्रोलमा प्रतिलिटर २ रूपैयाँ र डिजेलमा ११ रूपैयाँ घटाएर पठाएको जानकारी दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत सरकारको बजेट–यस्ता छन् मोदी सरकारका मुख्य प्राथमिकता
-
दक्षिण एसियाली देशहरूबीच कनेक्टीभीटी र क्षेत्रीय मूल्य श्रृंखलाको विकास गर्न महासंघको आग्रह
-
प्रधानमन्त्रीले गृहमन्त्री नियुक्तिमा ढिलाइ गर्नुहुन्न : ठाकुर गैरे
-
'१५ दिनको समय सीमामै संसद् नियमावली निर्माण गर्छौं'
-
बैकको ब्याजदरले तपाईँलाई कस्तो असर परेको छ ?
-
निर्वाचनमा अन्तरघात गर्नेहरुमाथि जसपाले स्पष्टीकरण लिँदै