सिंजा भेगका ३ सय ७० बाढीपीडितलाई राहत वितरण
जुम्लाको सिंजा उपत्यकामा पर्ने ३ वटा गाउँपालिकामा रहेको ३ सय ७० घरधुरी बाढीपीडितलाई राहत वितरण गरिएको छ । कनकासुन्दरीका १ सय ५० घरधुरी, हिमा गाउँपालिका १ सय २० घरधुरी र सिंजा गाउँपालिका भित्रका १ सय घरधुरी गरी ३ सय ७० घरधुरीलाई राहत वितरण गरिएको हो ।
गएको असोज अन्तिम साता अविरल बर्षासँगै आएको बाढीपहिरोले सिंजा उपत्यकाका भित्र पर्ने ३ वटा पालिका सवै भन्दा धेरै धनजनको क्षति भएको थियो ।नेपाल सरकारले सिंजा क्षेत्रलाई संकटग्रस्त क्षेत्रका रुपमा घोषणा गरेको छ। उक्त क्षेत्रका बाढीपहिरो प्रभावित घरधुरीलाई प्लान इन्टरनेशनल नेपालको सहयोगमा त्रिपाल, कम्बल, झुल, पीफम, लेम्प, डोरीसहित राहत सामग्री वितरण गरिएको पेस नेपाल जुम्लाका परियोजना संयोजक हेमराज भट्टले बताए ।
राहत वितरण कार्यक्रम सम्वन्धित गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतसहित सेडा नेपाल र क्याड नेपालको सहभागिता रहेको थियो । बाढीपहिरोका कारण धेरै क्षति भोग्नु परेको थियो । गैरसरकारी संस्थाको तर्फबाट बाढीपीडित घरधुरीलाई राहत सामग्री प्राप्त हुँदा सहज भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार प्रेस स्वतन्त्रता सङ्कुचन गर्नेतर्फ छैन : सञ्चारमन्त्री
-
किसान सूचीकरण तीव्र, २६ लाख ४५ हजार किसान प्रणालीमा आबद्ध
-
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
-
परीक्षा दिएर फर्किरहेका विद्यार्थीसहितको डुङ्गा डुब्दा कङ्गोमा कम्तीमा २० जनाको मृत्यु
-
बर्दिबास साक्षर नगरको सूचीमा
-
कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण