विवाहमा रक्सी पिएर फर्किदा लडेर मृत्यु
शनिबार, १७ मङ्सिर २०७९, १६ : ०८
विवाहमा भाग लिई घर फर्कने क्रममा एक जनाको लडेर मृत्यु भएको छ। जुम्लाको तिला गाउँपालिका–६ का अन्दाजी ४७ वर्षीय देव रावतको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशीका अनुसार तिला-८ मा पर्ने लाछुङथाडी भन्ने ठाउँको गाेरुखाेला भन्ने ठाउँमा उनको लडेर मृत्यु भएको थियो । रावतले मदिरा अत्यधिक रूपमा सेवन गरेको उनको भनाइ छ। प्रहरीका अनुसार विवाहको जन्तीमा सँगैका साथीहरू समयमै घर फर्केकी सकेका थिए भने रावत भन्ने छुट्टै घर फर्केका थिए । अहिले मृतकको शव पोस्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार प्रेस स्वतन्त्रता सङ्कुचन गर्नेतर्फ छैन : सञ्चारमन्त्री
-
किसान सूचीकरण तीव्र, २६ लाख ४५ हजार किसान प्रणालीमा आबद्ध
-
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
-
परीक्षा दिएर फर्किरहेका विद्यार्थीसहितको डुङ्गा डुब्दा कङ्गोमा कम्तीमा २० जनाको मृत्यु
-
बर्दिबास साक्षर नगरको सूचीमा
-
कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण