प्लेयर टू वाच : मटेयो कोभचिच, क्रोएसिया
लुका मोड्रिच, मार्सेलो ब्रोजोभिच र मटेयो कोभचिचको मिडफिल्ड कतार विश्वकपमा चम्किएको छ । यसमध्ये पनि कोभचिच सबैभन्दा खट्ने खेलाडीमा पर्दछन् । विपक्षीको खुट्टाबाट बल खोस्नेदेखि खुला बललाई गोलको अवसरमा परिणत गर्ने उनको क्षमता अद्भुत रहेको छ ।
डाइनामो जाग्रेबबाट आफ्नो क्लब करियर सुरुवात गरेका कोभचिचले इन्टर मिलान र रियल मड्रिडजस्ता महारथि टोलीबाट खेलिसकेका छन् । हाल प्रिमियर लिग क्लब चेल्सीबाट उनको व्यावसायिक फुटबल खेलिरहेका छन् । रियलमा रहँदा उनले तीन वटा च्याम्पियन्स लिगको उपाधि जितेका थिए भने चेल्सीबाट उनले सन् २०१८–१९ को युरोपा लिग र सन् २०२०–२१ को च्याम्पियन्स लिग जितेका छन् । उनी सन् २०१९–२० का लागि चेल्सीको वर्ष खेलाडी पनि बनेका थिए ।
सन् २०१३ मा क्रोएसियाको राष्ट्रिय टोलीका लागि डेब्यू गरेका उनले देशलाई सन् २०१४, २०१८ र २०२२ को फिफा विश्वकपमा प्रतिनिधित्व गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोरला नाका जोड्ने (छुसाङ–घमी) सडकको कालोपत्रका लागि ठेक्का आह्वान
-
अर्जेन्टिनाको खेल नसकिँदै थामिएन गुगल सर्चको ट्राफिक, एकैदिन बन्यो नयाँ कीर्तिमान
-
बस्ती खाली गर्नुलाई नै बहादुरी ठानियो, विस्थापितको पुनर्स्थापना खोइ ? : शंकर पोखरेल
-
सुखद सम्बन्धका लागि जीवनसाथीसँग गर्नैपर्ने ६ कुराकानी
-
स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य
-
मेरो हत्याको प्रयास गरिए इरानलाई ध्वस्त पारिदिन्छु : डोनाल्ड ट्रम्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण