यामलाल कँडेलविरुद्ध सर्वोच्चमा रिट दर्ता, पुनः मतगणनाको माग
शुक्रबार, २३ मङ्सिर २०७९, २१ : ४०
सुर्खेत २ (१) मा कांग्रेसबाट प्रदेशसभा सदस्य उम्मेदवार रहेका कालीप्रसाद शाक्यले पुनः मतगणनाको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् । उनी शुक्रबार रिट बोकेर सर्वोच्च पुगेका हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय र यामलाल कँडेललगायतलाई विपक्षी बनाएर दर्ता गरिएको रिटमा मतगणनामा गडबडी गरिएको दाबी गर्दै दोहोर्याई मत गणना गर्ने व्यवस्था मिलाइदिन माग गरिएको छ ।
सुर्खेत २(१) बाट एमालेका प्रदेश इन्चार्ज कँडेल विजयी भएका थिए। १८,५६१ मतका साथ कँडेल विजयी हुँदा शाक्यले १८,४०० मत पाएका थिए । सो क्षेत्रमा १० उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहँदा शाक्यले भने मतगणनामा चित्त नबुझाउँदै अदालतको ढोका ढकढक्याएका हुन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
-
परीक्षा दिएर फर्किरहेका विद्यार्थीसहितको डुङ्गा डुब्दा कङ्गोमा कम्तीमा २० जनाको मृत्यु
-
बर्दिबास साक्षर नगरको सूचीमा
-
कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु
-
तस्बिरमा हेर्नुहोस् नेपाल पत्रकार महासङ्घको राष्ट्रिय सम्मेलन
-
बालेन सरकारको १०० दिन, परिणाममुखी कार्यान्वयन नै अबको परीक्षा : उपेन्द्र यादव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण