सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

पोर्चुगल विश्वकपबाट बाहिरियो, मोरोक्कोले रच्यो इतिहास

शनिबार, २४ मङ्सिर २०७९, २२ : ४२
शनिबार, २४ मङ्सिर २०७९

मोरोक्कोसँग १–० ले पराजित हुँदै पोर्चुगल विश्वकप फुटबलको क्वार्टरफाइनलबाटै बाहिरिएको छ । शनिबार राति  कतारस्थित अल थुमामा रंगशालामा भएको खेलमा विजयी भएसँगै मोरोक्को सेमिफाइनलमा प्रवेश गरेको हो । 
मोरोक्को विश्वकप फुटबलको सेमिफाइनलमा पुग्ने पहिलो उत्तर अफ्रिकी देश बन्दै इतिहास रच्न सफल भएको छ । 
मोरोक्कोको जीतमा  खेलको ४२ औं मिनेटमा मोरोक्कोका युसेफले गरेको गोल नै निर्णायक बन्यो । 
उसो त मोरोक्को पोर्चुगल विरुद्धको खेलमा १० खेलाडीमा सीमित भएको थियो । मोरोक्कोका खेलाडी वालिट लगातार दुई पहेँलो कार्ड खाँदै मैदान बाहिर पुगेका थिए । उनी खेलको इन्जिुरी समयमा बाहिरिन बाध्य भएका हुन् 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप