सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वकपमा कुन क्लबबाट धेरै खेलाडी बाँकी छन् ?

सोमबार, २६ मङ्सिर २०७९, १३ : ४३
सोमबार, २६ मङ्सिर २०७९

अर्जेन्टिना, क्रोएसिया, फ्रान्स र मोरक्को कतारमा जारी विश्वकप फुटबलको अन्तिम चारमा प्रवेश गरेका छन् । यी चार टोली अब फाइनलमा स्थान बनाउनका लागि भिड्दैछन् ।

हरेक टोलीमा विभिन्न क्लबसँग आबद्ध खेलाडीहरू रहेका छन् । बाँकी चार टोलीमा जर्मन क्लब बायर्न म्युनिखबाट सबैभन्दा धेरै ६ जना खेलाडी रहेका छन् । त्यस्तै, ला लिगा क्लब एथ्लेटिको मड्रिड र सेभियाबाट ५–५ जना खेलाडी बाँकी छन् ।

बायर्न म्युनिख
१. किंग्सले कोमान (फ्रान्स)
२. बेन्जामिन पाभार्ड (फ्रान्स)
३. डायोट उपामेकानो (फ्रान्स)
४. लुकस हर्नान्डेड (फ्रान्स)
५. जोसिप स्टानिसिच (क्रोएसिया)
६. नुसेर माजाराउ (मोरक्कको)

एथ्लेटिको मड्रिड
१. एन्जेल कारेया (अर्जेन्टिना)
२. नाउहेल मोलिना (अर्जेन्टिना)
३. रोड्रिगो डे पाउल (अर्जेन्टिना)
४. एन्टोनी ग्रिजमान (फ्रान्स)
५. इभो ग्रबिच (क्रोएसिया)

सेभिया
१. बोनो (मोरक्को)
२. युसेफ एन नेसरी (मोरक्को)
३. गोन्जालो मोन्टिएल (अर्जेन्टिना)
४. मार्कोस अकुना (अर्जेन्टिना)
५. पापु गोमेज (अर्जेन्टिना)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप