बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

शाहरुख–दीपिकाको ‘बेशर्म रंग’ भाइरल, दुई घण्टामा दुई मिलियन ‘भ्यू’

सोमबार, २६ मङ्सिर २०७९, १४ : १६
सोमबार, २६ मङ्सिर २०७९

शाहरुख खान चार वर्षपछि सिल्भर स्क्रिनमा फिल्म पठानसँग इन्ट्रि गर्दैछन् । तर त्यसपछि नै शाहरुखले माहौल तताएका छन् । फिल्मको पहिलो गीत मात्रै रिलिज भएको छ र यसले रेकर्ड नै बनाउन लागेको छ ।

बेशर्म रंगले बनायो रेकर्ड

शाहरुख खान र दीपिका पादुकोणको फिल्म पठानको पहिलो गीत बेशर्म रंग सोमबार रिलिज गरियो । यो गीत रिलिज हुनेबित्तिकै भाइरल भयो । यतिमात्रै होइन गीत रिलिज भएको दुई घण्टामा दुई मिलियनभन्दा बढी ‘भ्यू’ भइसकेको छ । युट्युब, सोसल मिडियामा गीत बेशर्म ट्रेन्ड भइरहेको छ । यो गीतमा दीपिकाको सिजलिङ डान्स मुभ्स र ग्ल्यामरस लुक्सले गीतलाई थप विशेष बनाइदिएको छ ।

दीपिकामाथि भारी शाहरुख

दीपिकाको ग्ल्यामरस लुकको चर्चा व्यापक भइरहेको छ नै । योसँगै शाहरुख खानको लुकको पनि चर्चा कम छैन । लामो कपाल, हल्का दाह्रीमा शाहरुख खानको लुकको पनि विशेष चर्चा छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप